एमाले-माओवादीले बनायो ९ सदस्यीय सचिवालय को-को परे ?



३ जेठ, काठमाडौं ।

एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । बैठकले विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने माेटामाेटी सहमति गरेकाे छ ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति  यस अघि भएकाे थियाे । एकता संयाेजक समितिमा भएकाे  निणयर् दुवै अध्यक्षले अहिले बैठकमा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्