वेपत्ता उष्मा फुयालको शव भेटियो



३ जेठ, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थली नगरपालिकास्थित रणजोर खोलाले बगाउदा वेपत्ता भएकी विद्यार्थी उष्मा फुयालको शव चार दिनपछि फेला परेको छ । मन्थलीबाट परीक्षादिन हिडेकी फुयाललाई रणजोर खोलाले वेपत्ता बनाएको थियो । उष्मा फुयालको शव बिहिबार दिउँसो भेटिएको छ । भिषण बर्षापछि आएको बाढीले बगाएर सोमबार विहानदेखी वेपत्ता भएकी मन्थली आकाशेकी १८ बर्षकी फुयालको सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोट स्थित सुनकोशी कोशी किनारमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले रामेछाप न्युजलाई बताए । उनका अनुसार फुयालको शवलाई पोष्टमार्टमका लागि रामेछाप सदरमुकाम मन्थली ल्याइएको छ ।
मृत फुयाल गत सोमबार विहान मन्थली मन्थलीबाट भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परिक्षा केन्द्रमा कक्षा ११ को परीक्षा दिन ६ जना साथीसँगै गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्