रामेछापमा झट्टेश्वर माविका प्रअले विद्यार्थीलाई पिसाब खुवाएपछि…..



४ जेठ, रामेछाप ।
रामेछाप जिल्ल लिखु तामाकोसी गाउँपालिका–५ नागदहस्थित झट्टेश्वर माविका प्रधानाध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यालयका एक विद्यार्थीलाई पिसाब खुवाएको रहस्य खुलासा भएको छ । पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार प्रअ तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब पिउन बाध्य बनाएका हुन् ।
प्रधानाध्यापकमाथिको गुनासोको विषयमा छलफल गर्न विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएको थियो । तर प्रधानध्यापक नआएपछि बहुमतको निर्णयमा प्रधानध्यापकलाई हटाएको गाउँपालिका अध्यक्ष अध्यक्ष गोविन्द खड्काले रामेछाप न्युजलाई बताए । उनले भने,‘गलत काम गर्ने प्रअलाई हटाउने निर्णय गरिएको छ, पीडित पक्षले कानुनी कारवाही गर्नुपर्ने माग गरेको छ ।’
अध्यक्ष खडकाका अनुसार यस अघि पनि प्रअले १८ जना भन्दा बढी विद्यार्थीहरुलाई निर्घात रुपमा कुटपिट गरेको विद्यार्थीहरुले गुनासो गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्