बर्षाले कुरुप बनाएको मन्थली सफा बनाउन सरसफाई अभियानः प्रजिअ शर्मा



४ जेठ, रामेछाप ।
चार दिन अघि आएको भिषण बर्षाको कारण कुरुप बनाएको जिल्ला सदरमुकाम मन्थलीलाई सफा बनाउन अभियान सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय समन्वयमा मन्थली नगरपालिका, उद्योग वाणिज्य संघ, विभिन्न संघ संस्था र बजारबासीहरुको सक्रियतामा सरफाई अभियान अगाडि बढने भएको हो ।

यस अघिबाटै मन्थलीलाई सफा बनाउको लागि अभियान सुरु गरिएको थियो । तर केही दिन अघि आएको पानीको कारण सदरमुकाम मन्थली कुरुप बनेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माले सबै निकायको सहकार्यमा सरसफाई अभियान सञ्चालन हुने बताए ।

उनले रामेछाप न्युजसँग भने,‘केही दिन अघि आएको पानीको कारण मन्थलीको अधिकाशं सडक फोहोर भएको छ, पुरानै अवस्थामा ल्याउनको लागि सरसफाई अभियान सुरु गर्न लागेका हौ ।’ उनका अनुसार भोली हुने सरसफाईमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सरकारी कर्मचारी, उद्योग वाणिज्य संघ, विभिन्न संघ संस्था र बजारबासी गरी करिब पाँच सय जनाको सहभागीता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्