बिपी राजमार्गमा सवारी चलाउन नयाँ नियम



५ जेठ, सिन्धुली ।
नेपालकै नमूना सडकको रुपमा स्थापित भएको विपी राजमार्गमा क्षमता भन्दा बढीका सवारी साधन सञ्चालन हुँदा सडक अवस्था विग्रिन थालेपछि सरकारले १८ टन भन्दा माथिको सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको हो ।सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुदै आएको त्यस्ता सवारी साधनलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।यसैगरी, १० टन भन्दा बढी वजन भएका मालबाहक सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, उदयपुर, र महोत्तरीका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई इजाजत नभएका त्यस्ता यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बिपी राजमार्गमा नपठाउन यातायात व्यवस्था विभागले पत्राचार गरेको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले रामेछाप न्युजसँग भने,‘क्षमता भन्दा बढी बोक्ने सवारी साधनलाई कारवाही गर्न ट्राफिक प्रहरीलाई अधिकार प्रत्योजन गरिएको छ ।’ उनका अनुसार विभागको अनुगमन टोलीले अनुगमनको क्रममा फेला पारेको अवस्थामा पनि क्षमता बन्दा बढी लोड बोक्ने सवारी साधनलाई कारवाही गरिनेछ ।

सरकारले २०७२ असोज १ गतेबाट बिपी राजमार्गमा १८ सिट क्षमता भएका यात्रुवाहक तथा १० टन भन्दा बढी वजन भएका मालवाहक सवारी साधनबाहेक अन्यलाई सञ्चालन हुन नदिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्