जिल्ला तहमा अब छ वटा मात्र कार्यालय रहने, धेरै कार्यालय स्थानीय तहमा



६ जेठ, काठमाडौं ।
जिल्ला तह मातहत अब ६ वटा कार्यालय मात्र रहने भएका छन् । संविधानअनुसार संघद्वारा सञ्चालित छ वटामात्र जिल्ला कार्यालय रहने भएकाे हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संविधानअनुसार संघद्वारा सञ्चालित छ वटामात्र जिल्ला कार्यालय रहने बताए ।

जिल्ला तहमा रहेका अन्य कार्यालय स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले ती कार्यालय स्थानीय सरकार अन्तर्गत हुने भएका छन् । ती छ वटा कार्यालयबाहेक अन्य कार्यालय स्थानीय तह अन्तर्गत मन्त्रालयले निर्देशनसमेत दिइसकेको छ । हाललाई जिल्ला मालपोत र जिल्ला नापी कार्यालय जिल्ला तहमा रहेपछि स्थानीय तहको अधिकारमा जानेछ ।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय मात्र रहनेछ । पहिले जिल्लामा करिब ३० वटा कार्यालय रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्