खोलाले बगाएर निधन भएकी फुयालको परिवारलाई एक लाख राहत



६ जेठ, रामेछाप ।
एक साता अघि अाएकाे अविरल बर्षापछि आएको रणजोर खोलाले बगाउदा निधन भएकी मन्थली नगरपालिकाका १८ बर्षिय विद्यार्थी उष्मा फुयालको परिवारलाई सरकारले एक लाख रुपैयाँ राहत दिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण शर्मा, जिल्ला समन्वय समितिका अधिकारी राजेन्द्र केसी, जिल्ला प्रहरी कायालय रामेछापका प्रमुख अमरेन्द्र सिंह, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश वस्नेत सहितको टोली मृतकको घरमा नै पुगेर एक लाख रुपैयाँ राहत प्रदान गरेका हुन् । प्रजिअ शर्माले खाेलाले बगाएर निधन भएकी फुयालकाे परिवारलाइ घरमा नै पुगेर नगद एक लाख रूपैयाँ प्रदान गरेकाे रामेछाप न्युजलाइ जानकारी  दिए ।

झण्डै एक साता अघि अविरल बर्षासँगै आएको रणजोर खोलाले उनलाई वेपत्ता बनाएको छ । उनको शव जेठ ३ गते फेला परेको थियो । भिषण बर्षापछि आएको बाढीले बगाएर सोमबार विहानदेखी वेपत्ता भएकी मन्थली आकाशेकी १८ बर्षकी फुयालको सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोट स्थित सुनकोशी कोशी किनारमा लास भेटिएको थियो । मृतक फुयाल गत सोमबार विहान मन्थली मन्थलीबाट भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परिक्षा केन्द्रमा कक्षा ११ को परीक्षा दिन जाने क्रममाा खोलाले बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्