सरकारको नीति तथा कार्यक्रम आज,के–के अाउँदैछ नयाँ कार्यक्रम ?



७ जेठ, काठमाडौं । आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम अाज सार्वजनिक हुँदैछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले अाज चार बजे दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गर्नेछिन् ।

सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने छ । छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफसमेत दिनेछन् । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारित गर्नका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।

नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने भएकाले यसलाई चासोका साथ हेरिएको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ले ल्याउने नीति तथा कार्यक्रममा समाजवादको आधार तथा विकास र समृद्धिको नारालाई सार्थक पार्ने उद्देश्य हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्