दोरम्बाका केशर तामाङको मोटरसाइकल दुर्घटनामा निधन



७ जेठ, काठमाडौं ।
रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–२ दोरम्बा एक युवाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । आइतवार भक्तपुरमा चाँगुनारायण नगरपालिका चोरपाटीस्थित मोटरसाइल दुर्घटना हुँदा २० बर्षका केशर तामाङको निधन भएको हो ।

निधन भएका तामाङको सोमवार टिचिङ अस्पतालमा पोष्टमार्टम पश्चात अन्त्यष्टि गरिएको दोरम्बा गाउँपालिका–२ दोरम्बा वडा अध्यक्ष खडक श्रेष्ठले रामेछाप न्युजलाई बताए । उनीसँगै चढेको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको भने अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्