रामेछापबाट नेकपाका ६ जना केन्द्रीय सदस्य बने, नेकपा ४४१ जनाको नामावली सहित



८ जेठ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीको ४४१ जना केन्द्रीय सदस्यको ढुंगो लगाएको छ । सचिवालयको बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबाट गरी ४४१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको हो ।
नेकपाको केन्द्रीय सदस्यमा रामेछापबाट ६ जना परेका छन् । केन्द्रीय सदस्य हुनेहरुमा देवशकंर पौडेल, श्यामकुमार श्रेष्ठ, कैलाश ढुंगेल, माधव ढुंगेल, युवराज चौलागाई, कमल चौलागाई रहेका छन् । पौडेल यस अघि पूर्व एमालेका जिल्ला इन्चार्ज र वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए ।

श्रेष्ठ यस अघि पूर्व माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य एवं हाल रामेछापको प्रतिनिधिसभा सांसद रहेका छन् भने कैलाश ढुंगेल रामेछाप प्रदेश नम्बर २ का सांसद एवं प्रदेश ३ को अर्थमन्त्री छन् । पूर्व माओवादीकाट केन्द्रीय सदस्य बनेका युवराज चौलागाई पूर्व माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं विदेश विभाग सचिव हुन ।

केन्द्रीय सदस्य बनेका माधव ढुंगेले पूर्व एमालेका केन्द्रीय सदस्य एव हाल राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष रहेका छन् । त्यसैगरी केन्द्रीय सदस्य रहेका कमल चौलागाई निर्वाचन अघि माओवादी केन्द्र प्रवेश गरेर हाल केन्द्रीय सदस्य भएका हुन् ।

यी हुन नेकपाका ४४१ केन्द्रीय सदस्य नामावली हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्