पार्टी एकताको खुसीयालीमा मन्थलीमा नेकपाको चियापान (फोटोफिचर)



९ जेठ, रामेछाप ।
पार्टी एकता भएको खुसीयाली आदान–प्रदान गर्न रामेछापको सदरमुकाम मन्थलीमा नेपाल कम्युनिष्ट पार्टीले चियापान तथा बधाई आदान प्रदान कार्यक्रम गरेको छ । पार्टी एकीकरणपछि मन्थलीमा नेकपाले बुधवार चियापान कार्यक्रम गरेको हो ।
बुधवार आयोजित चियापान कार्यक्रमलाई नेकपाका जिल्ला नेता आनन्द श्रेष्ठले देश र जनताको चाहना र भावना अनुसार पार्टी एकीकरण हुनु निकै खुसीको विषय भएको बताए । उनले रामेछाप न्युजसँग कुराकानी गर्दै भने,‘पार्टी एकता व्यक्तिको इच्छा भन्दा पनि परिस्थितिको आवश्यकता हो,पार्टीको नेतृत्वमा बलियो सरकार बनेको छ, अब सरकारले कुनै पनि बहाना बनाएर उम्किने ठाउँ छैन ।’
विगतमा बलियो सरकार बन्न नसक्दा विकास निर्माणको काम हुन नसकेको बताउदै आएपनि अब बहुमतको सरकार बनेकोले निर्वाचनको क्रममा चुनावी घोषणपत्र अनुसार नै काम गर्नुपर्ने उनले बताए । श्रेष्ठले भने,‘अब विकास निर्माणको काम परिणाममा देखिनु पर्छ, योजनाबद्ध रुपमा राज्यको सबै संरचनामा पुर्नर्संरचना आवश्यक छ, ।’
कार्यक्रममा पूर्व सभासद एवं नेकपाका जिल्ला नेता तारानारायण श्रेष्ठले विगतमा भएको नराम्रो कामलाई विर्सिएर सकारात्मक पक्षलाई आत्मसाथ गर्दै अगाडि बढनु पर्ने बताए । उनले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले जिल्ला तहको सबै कमिटीमा एकताबद्ध बनाएर लैजानु पर्ने बताए ।

चियापान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत लगायतको सहभागीता रहेको थियो । पुनगठित नेकपामा रामेछापबाट ६ जना केन्द्रीय सदस्य भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्