काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन धेरैको सहमति छः प्रचण्ड



१० जेठ, काभ्रे ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मुख्य दायित्व राष्ट्रलाई नै एकताबद्ध गर्ने रहेको बताउनुभएको छ ।काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रचण्डी नालाको चुनातालमा आज दाहाल बन्धु अध्ययन प्रतिष्ठान केन्द्रीय कार्यालयको उद्घाटन गर्दै अध्यक्ष भन्नुभयो,आफैँभित्र एकता गर्न सकेनाँै भने अरुलाई एकता गराउँछौँ भन्नु आदर्शवादी मात्रै हुनेछ, त्यसैले आफूसँगै सबै जातजाति, भाषाभाषी, क्षेत्र र समुदायलाई एकताबद्ध गराएर नयाँ सामाजिक सद्भाव र संस्कृतिको विकास गर्ने बाटोमा लाग्न आवश्यक छ ।’

पूर्वप्रधानमन्त्री दाहालले शहीद भीमसेन दाहालका नामबाट बनेको नाला–नगरकोट सडकखण्ड निर्माणको काम अगाडि बढाउन आफूले जिम्मा लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले नेकपाका सबै जनवर्गीय संगठनको एकताका लागि कार्यदल बनाएर काम अघि बढिसकेकाले तीन महिनाभित्रै जनवर्गीय संगठनको एकता सकिसक्ने बताउनुभयो ।
उहाँले प्रदेश नं ३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लामा राख्ने भन्ने विषयमा धेरैको सहमति रहे पनि अधिकार क्षेत्र प्रदेशसभाकै भएकाले सोही निर्णयबाट नै टुंगो लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्