तामाङको निधनप्रति सुनापती गाउँपालिकाद्धारा सार्वजनिक विदा दिने निर्णय



१२ जेठ, रामेछाप ।
सुनापती गाउँपालिका–२ दिपीपोखरीबाट निर्वाचित वडा सदस्य एवं गाउँ कार्यपालिकाकी सदस्य काली तामाङको असामहिक निधन भएको छ । गाउँ कार्यापालिका सदस्यको निधन भएकाले भोली सुनापती गाउँपालिकाले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको आकास्मिक बैठकले मृतक तामाङप्रति शोक वक्तव्य पारित गर्दै भोली गाउँपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


उपचारको क्रममा निधन भएकी तामाङको अन्तिम पार्थिक शरीरमा रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्टले अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए । निधनी भएकी तामाङलाई श्रद्धान्जली व्यक्त गर्नको लागि सुनापति गाउँपालिका–१ का वडा अध्यक्ष चण्डेश्वर चौलागाई, सुनापति–२ का वडा अध्यक्ष कमल केसी, सुनापति गाउँपालिका–५ का वडा अध्यक्ष ठूलोकान्छा तामाङ, सुनापति गाउँपालिकाका अन्य वडा सदस्य, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मृतक वडा सदस्य तामाङको शनिवार नै बौद्धस्थित बम्जुडाँडामा अन्तिम दाहसंस्कार गरिएको छ ।


समाज परिवर्तनको लागि भूमिका खेल्दै आउनुभएका वडा सदस्य तामाङको निधनले गाउँपालिकालाई अपरणिय क्षति पुगेको गाउँपालिकाका अध्यक्ष धावा लामाले बताए । गाउँपालिकाको उपाध्यक्ष गिता विष्टले वडा सदस्य तामाङको निधनले स्तब्ध बनाएको बताइन । उनले भनिन,‘गाउँपालिकालाई तामाङको निधनले ठूलो क्षति पुगेको छ ।’ एक बर्ष अघि भएको निर्वाचनमा गाउँपालिका–३ दिपीपोखरीबाट लोकप्रिय मत ल्याएर तामाङ निर्वाचित भएकी थिइन । गाउँ कार्यपालिका सदस्य समेत रहेका मृतक तामाङले लामो समय महिला स्वास्थ्य सेविका भएर काम गर्नुभएको थियो । तामाङको राजधानी काठमाडौंस्थित मडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सुनापती गाउँपालिका–२ का वडा अध्यक्ष कमल केसीले तामाङको निधनबाट वडाले अभिभावक गुमाएको बताए ।

प्रतिक्रिया दिनुहोस्