समाजसेवी भरत भण्डारीको निधन



१३, जेठ, रामेछाप ।
रामेछापका शैक्षिक क्षेत्रका अगुवा एवं नेकपाका नेता भरत भण्डारीको असामहिक निधन भएको छ । शनिवार साँझ सुनापती गाउँपालिका–५ खनियापानीस्थित रुपकोटमा अचानक बिहोस भएका भण्डारीको निधन भएको हो । उपचारको लागि सुनापती गाउँपालिका भ्वाँसामा रहेको च्यारिटी अस्पतालमा लगिए पनि अस्पताले मृत घोषणा गरेको थियो । लामो समयदेखि दम रोगबाट पीडित बन्दै आएका भण्डारीले सामाजिक कार्यमा ठूलो भूमिका निर्वाह गर्दै आएका थिए ।


लामो समय अध्यापन क्षेत्रमा विताएका भण्डारीले रामेछापका वनको संरक्षण गर्न र सहकारीको माध्यमबाट समाज परिवर्तनको अभियान सुरु गरेका थिए । सुनापती गाउँपालिका–५ रुपाकोटमा जन्मिएका भण्डारी पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै समय–सयमा गाउँमा आउने गरेका थिए । शिक्षण पेशाबाट अवकास लिएपछि भण्डारी तत्कालिन एमालेको राजनीतिमा सक्रिय भएका भएका थिए । रामेछापको विकास निर्माणको काममा अनुवाई गर्दै आएका भण्डारीले विशेषगरी शिक्षा क्षेत्रको सुधारमा योगदान पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्