फेवातालमा डुंगा पल्टिदा बेथानका लामा वेपत्ता



१३ जेठ, पोखरा ।
पोखराको फेवातालमा आइतवार दिउँसो हावाहुरीका कारण डुंगा पल्टँदा रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका एक युवा वेपत्ता भएका छन । पाँचजना साथीको समुह फेवातालमा डुंगा खेल्दै गर्दा एक्कासी चट्याङसहित हावाहुरी चल्दा टुंगा पल्टिदा बेथान घरभई भत्तपुर बस्ने बर्ष १८ का सुप्रिम लामा बेपत्ता भएका हुन । प्रहरीका अनुसार ४ जनालाई भने एपीएफ कालिका गणबाट खटिएका उद्धार टोलीले उद्दार गरेको हो ।

सिन्धुली घर भएका बर्ष १८ का विशाल थापा, काठमाडौं सीतापाइलाका वर्ष १७ का अनिल रोकाहा, भक्तपुरको सूर्यविनायकका बर्ष १९ का मन्दीप महत र सल्लाघारी भक्तपुरका बर्ष १७ का शुशील कुँवरको उद्दार गरिएको सशस्त्र प्रहरी कालीका गणका डिएस्पी गौतमराज बताए ।उद्दार गरिएका युवाहरुको अवस्था सामान्य रहेको छ ।

प्लस टुको पढाई सकेर उनीहरु पोखरा घुम्न आएका थिए । हराएका लामाको गोताखोरको प्रयोग गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्