तीन वर्षमा मूलुक विद्युत्मा आत्मनिर्भर बन्छः कुलमान घिसिङ



१३ जेठ, लमजुङ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको ३ वर्षमा विद्युतमा मुलुक आत्म निर्भर हुने बताउनुभएको छ । उहाँले मुलुक यतिबेला लोडसेडिङ मुक्त भएको भएको बताउदै देशभर शनिबार सँझको रेकर्ड अनुसार २६९ मेघावाटमात्र विद्युत आयात भएको बताउनुभउका ेहो । पिक आवर अर्थात सुख्खा याममा मात्र ४५० मेघावाट आयात गर्नु पर्ने हो तर अब हामी अबको तीनवर्ष भित्र आत्म निर्भर हुन्छौँ उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, लमजुङमा निर्माणाधिन विद्युतको अवस्था, उत्पादन भैसेकेको विद्युत आयोजना तथा लमजुङ विद्युत उपभोक्ता संस्थाहरूका गतिविधिको निरीक्षण अनुगमनका लागि लमजुङ आएर हिजोदेखि सबै वस्तुस्थिति बुझ्ने काम गरेर फर्कने क्रममा रहेको जानकारी दिनुभयो ।

उहाँले लमजुङका मस्र्याङ्दी करिडोर, ङादी करिडोर र दोर्दी करिडोरमा निर्माण सम्पन्न भएका र निर्माणाधिन अवस्थामा रहेका सबै जलविद्युत आयोजनाको अनुगमन निरीक्षण गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्