जेलबाट छुटे बालकृष्ण ढुंगेल



१५ जेठ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका नेता बालकृष्ण ढुंगेल जेटबाट छुटेका छन् । कैद माफी पाएपछि ढुंगेल जेलबाट छुटेका हुन । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएसँगै उनको समर्थनमा हजारौ कार्यकर्ताले स्वागत गरेका छन् ।
सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेसँगै ढुंगेल मंगलबार बिहान छुटेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० प्रतिशत कैद भुक्तान गरेका ढुंगेलसहित ८१६ कैदीलाई माफी दिने निर्णय गरेको थियो । राष्ट्रपतिले प्रस्ताव स्वीकृत गरेसँगै ढुंगेललगायत कैदी मंगलबार बिहान छुटेका छन्।

ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने ढुंगेलले सम्बोधन गरेका थिए ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

ढुंगेललाई माफी नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ । अदालतले सोमबारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।

प्रक्रिया पूरा गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा छाड्ने प्रचलन पुरानै हो । यसअघि राजतन्त्रको पालामा पनि यो प्रचलन थियो ।

प्रतिक्रिया दिनुहोस्