रामेछापमा बन्ने भो सुनकोसी–२ जलविद्युत आयोजना



१६ जेठ, काठमाडौं ।
सरकारले रामेछापको सुनापती गाउँपालिका–४ बेथानस्थित दोभनटारमा सुनकोसी तेस्रो जलविद्युत आयोजना बनाउने भएको छ । सरकारको आर्थिक बर्ष २०७५÷०७६को बजेटमा नै सुनकोसी–२ जलविद्युत आयोजनाको अध्ययन कार्य सम्पन्न गरेर तत्काल निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको हो ।
करिब ५ सय ५६ मेगावाट जलविद्युत आयोजना निर्माणको लागि हाल विद्युत विकास विभाग मार्फत सम्भाव्यता अध्ययनको काम भइरहेको छ । गत बर्षबाट प्राधिकरणले सम्भाव्यता अध्ययन गर्नको लागि परामर्शदाता नियुक्त गरेर काम गरिरहेको छ ।
रामेछापको सुनापती गाउँपालिका र काभ्रको तेमाल गाउँपालिकाको सीमाना हुँदै बहने सुनकोसी नदीमा डयाम बनाएर सुनकोसी दोस्रो जलविद्युत आयोजना निर्माण हुनेछ । रामेछापको दोभनटारमा निर्माणस्थल रहने आयोजना निर्माणस्थलमा हाल सम्भाव्यता अध्ययनको काम धमाधम भइरहेको छ । सरकारले सुनकोसी दोस्रो जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा रहेको छ ।

यस्तो छ सरकारले उर्जा क्षेको विकास गर्न ल्याएको बजेट
ऊर्जा विकास
अगामी तीन वर्ष भित्र सबै नेपालीको घरमा आधुनिक ऊर्जा र पाँच बर्ष भित्र सबै घरपरिवारलाई माग बमोजिमको विद्युत उपलब्ध गराउन जलविद्युत र सबै प्रकारका नविकरणीय ऊर्जाको विकास तथा विस्तारमा जोड दिइनेछ। बि।सं। द्दण्ठछ(द्दण्डछ सालको अवधिलाई ऊर्जा दशकको रूपमा मनाई आयोजनाहरू कार्यान्वयन गरिनेछ।

सम्भाव्य प्रत्येक प्रदेशमा कम्तीमा एक बहुउद्देश्यीय जल विद्युत आयोजना सञ्‍चालन हुने गरी तमोर‚ कन्काई‚ उत्तर गंगा‚ नौमुरे, सुनकोशी दोस्रो र तेस्रो, कालिगण्डकी तथा नलगाढको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्‍न गरी निर्माण कार्य अघि बढाइनेछ। बुढीगण्डकी जलविद्युत आयोजनाको मुआव्जा वितरण सम्पन्‍न गरी निर्माण प्रक्रिया अघि बढाइनेछ।
ज्ञद्धछ पश्चिम सेती आयोजनालाई नेपाल भित्रकै स्रोत परिचालन गर्ने गरी निर्माण शुरू गरिनेछ। चिसापानी कर्णाली बहुउद्देश्यीय आयोजनाको निर्माण अघि बढाउन प्रारम्भिक कार्य शुरू गरिनेछ।
राष्‍ट्र सेवक कर्मचारी लगायत स्वदेश र वैदेशिक रोजगारीमा संलग्न सबै श्रमिकको लगानीमा उपयुक्त प्रकारको जलविद्युत आयोजना अघि बढाइनेछ। विद्युत उत्पादनमा सम्मिश्रित वित्तीय स्रोत परिचालन गरिनेछ। सर्वसाधारण जनताको लगानीमा ३ हजार मेगावाटसम्मको आकर्षक जलविद्युत आयोजना कार्यान्वयनमा ल्याइनेछ।

निर्माण सम्पन्‍न हुने विद्युत आयोजनाको जलविद्युत प्रशारण लाईन मार्फत् राष्‍ट्रिय ग्रीड प्रणालीमा आवद्ध गर्न आवश्यक रकम विनियोजन गरेकोछु। बुटवल(गोरखपुर अन्तरदेशीय प्रशारण लाइन थालनी र अन्य निर्माणाधिन प्रसारण लाइनहरूको निर्माण सम्पन्‍न गरिनेछ। लम्की–बरेली‚ दुहवी–पुर्णीया र कोहलपुर–लखनउ प्रसारण लाईनहरूको डिपिआर शुरू गरिनेछ। आगामी पाँच वर्षभित्र नेपाल चीन जोड्ने गल्छी–रसुवागढी–केरुङ्ग प्रसारण लाईन निर्माण सम्पन्‍न गरिनेछ। पूर्व पश्चिम राजमार्ग र मध्य पहाडी पुष्पलाल लोकमार्गको समानान्तरमा र नदी वेसिनका आधारमा उत्तर दक्षिण प्रसारण लाईन निर्माण गरिनेछ।

यस्ताे छ सुनकाेसी–२ जलविद्त अायाेजनास्थल  भिडियाेसहित

प्रतिक्रिया दिनुहोस्