रामेछापमा नेकपाको ७६ सदस्यीय जिल्ला कमिटी



२१ जेठ, रामेछाप ।
पुर्नगठित नेपाल कम्युनिष्ट पार्टीको अन्तपार्टी निर्देशन अनुसार रामेछापमा ७५ जिल्ला कमिटी बन्ने भएको छ । पार्टी एकता भएसँगै सबै सबै तहमा कमिटीहरु मर्ज गर्न लागेको हो । पार्टी मातहतका कमिटीलाई मर्ज गर्नको लागि नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिइसकेका छन् । संघीय संसदको एक वटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७५ सदस्यीय जिल्ला कमिटी गठन हुने भएको छ ।
जिल्ला कमिटीमा रहने सदस्यको नाम छनोट गर्नको लागि नेकपाको प्रदेश कार्यालयले काम अगाडि बढाएको छ । प्रदेश कार्यालयमा अष्टलक्ष्मी शाक्य, काशीनाथ अधिकारी, हितमान शाक्य, नारायण दाहाल लगायत रहेका छन् । प्रदेश कार्यालयले जिल्लाका दुवै पार्टीको पूर्व पार्टी इन्चार्जसँग परामर्श गरेर नामको टुंगो लगाउने भएको छ । रामेछापमा पार्टी एकता हुनुपूर्व पूर्व एमालेबाट देवशकंर पौडेल, र नेकपा माओवादी केन्द्रबाट धावा लामा जिल्ला इन्चार्ज रहेका थिए ।
पूर्व एमालेबाबाट ७६ जना जिल्ला कमिटीका सदस्य छन भने पूर्व माओवादी केन्द्रको तर्फबाट करिब ४ सय भन्दा बढी जिल्ला कमिटी सदस्य रहेका छन् । अब दुवै कमिटीबाट ७५ जना मात्र जिल्ला कमिटीका सदस्य रहने भएका छन् । ७५ सदस्यीय जिल्ला कमिटीमा पर्नको लागि जिल्ला नेताहरुले लविङ थालेका छन् । रामेछापको तर्फबाट नेकपाका ६ जना केन्द्रीय सदस्य बनेका छन् ।
१६५ निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य खटाइने
नियमावली मस्यौदा कार्यदलले १ सय ६५ वटा संघीय निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य इन्चार्ज बनाउन सकिने गरी नियमावलीको मस्यौदा बनाएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा केन्द्रीय सदस्य जिल्ला इन्चार्ज हुने र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य खटाउने गरी नियमावलीको मस्यौदा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्