सुनापती गाउँपालिका–४ भल्वाडीमा बन्याे १६ फिट अग्लो बुद्धको मुर्ति



२१ जेठ, रामेछाप ।
सुनापती गाउँपालिका–४ बेथानस्थित भल्वाडीमा स्थानीयको सक्रियतामा बुद्धको मुर्ति निर्माण कार्य सम्पन्न भएको छ । बौद्ध धर्मको प्रबद्र्धन गर्ने र आन्तरिक पर्यटन भित्र्याउने उदेश्यको साथ स्थानीयवासीको सक्रियतामा करिब १० लाखमा मुर्ति भएको हो ।१६ फिट उचाई रहेको बुद्धको मुर्ति निर्माणको गर्नको लागि स्थानीयवासीले चन्दा संकलन र श्रमदान गरेका थिए ।


भल्वाडी म्हारमेन युवा क्वलको नेतृत्वमा गत साउनमा तल्लो भल्वाडीमा बुद्धको मुर्ति निर्माण कार्य सुरु गरिएको थियो । मुर्तिको लागि काभ्रे तिमाल निवासी लिलाबहादुर तामाङले एक लाख ५० हजार, स्थानीय हिरालाल तामाङले ३५, फाइभ फिङगर प्रालिको सञ्चालक रोज थिङले २५ हजार, स्थानीय श्याम तामाङले २५ हजार, क्वलवमा आबद्ध युवाहरुले साढे २ लाख रुपैयाँ आर्थिक संकलन गरी मुर्ति निर्माण गरिएको क्वलको सह–सचिव विजयी दोङले बताए ।


उनका अनुसार मुर्तिलाई त्रिमुर्ति (बुद्ध, च्यग्रेसी, गुरु) स्थापना गरी तामाङ संस्कृतिको पार्कको रुपमा विकास गर्ने गर्ने लक्ष्य राखिएको छ ।

६ रोपनी जग्गाभित्र हाल बुद्धको मुर्ति स्थापना गरिएको हो । ‘असल नगरिक बनौ, सभ्य समाज निर्माण गरौँ’ मुल नाराका साथ स्थापना भएको भल्वाडी म्हारमेन युवा क्लबले सामाजिक सुधारको कामहरु गर्दै आएको छ । दोङका अनुसार हाल मुर्ति निर्माण कार्य सम्पन्न भएपनि अझै करिब ३ लाख ऋण रहेको छ ।

यसैबीच क्लवले बुद्धको मुर्ति निर्माण भएको जानकारी गराएको छ । आइतवार भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्व सभासद डिल्लीमान तामाङ, लोपेन गुरु ङवान फुन्चुक, भल्वाडी मैत्री सेवा समितिका पूर्व अध्यक्ष कृष्ण तामाङ, वर्तमान अध्यक्ष घमान तामाङ, फाइभ फिङग प्रालिका सञ्चालक रोज थिङ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्