रामेछाप नगरपाकालिमा योजना तयारी परिकल्पना सभा



२१ जेठ, रामेछाप ।
समग्र नगरपालिकाको भावी योजना र रणनीति कस्तो हुने भन्ने विषयमा रामेछाप नगरपालिकाले योजना तयारी परिकल्पना सभा सम्पन्न गरेको छ । सरोकारवाला निकायको सुझावको आधारमा नगरपालिकाले आगामी भावी योजना तय गर्ने भएको छ ।

रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर मगरले सबै पक्षको सल्लाह र सुझावको आधारमा नगरपालिकाको भावी रणनीति तय गर्नको लागि छलफल आयोजना गरिएको बताए ।

‘विकास निर्माणको कार्य अगाडि बढाउदा के–के विषयमा पहिलो प्राथमिकता दिने, आगामी पाँच बर्षमा नगरपालिकाको स्वरुप कस्तो बनाउने भन्ने विषयलाई नै हामीले प्राथमिकतामा राखेर कार्यक्रम गरेका हौ’, नगरप्रमुख मगरले रामेछाप न्युजसँग भने,‘समृद्ध नगरपालिका निर्माण गर्न सबैको साथ र सहयोगको खाँचो छ, यो छलफलबाट हामी उत्साहित छौ ।’

रामेछाप नगरपालिकाकाको आयोजनामा चार घरेसेवा समिति र दिव्य दृष्टि प्रालि दोलखाको सहजिकरणमा सम्पन्न कार्यक्रममा राष्टिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर जगदिश चन्द्र पोखरेलले रामेछाप नगरपालिकामा धेरै दृष्टिकोण सम्भावनाको खानी रहेको बताए ।
कार्यक्रमममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको समस्या र आवश्यकताहरु एउटैजस्तो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्