रामेछापवासीले गाउँघरबाटै पाउन थाले नागरिकता



२२ जेठ, रामेछाप ।
नागरिकहरुलाई गाउँघरमा नै सेवा उपलब्ध गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय रामेछापल एकीकृत घुम्ती शिविर माफर्त सेवा दिन सुरु गरेको छ । नागरिकता लिनको लागि घण्टौ धाएर जिल्ला सदरमुकाम मन्थली आउनु पर्ने बाँध्यता हटाउदै जिल्ला प्रशासन कार्यालय रामेछापले नागकिरहरुलाई घरदैलोमा नै पुगेर सेवा दिने अभियान सुरु गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले नागरिकहरुलाई गाउँघरमा नै सेवा दिने उदेश्यको साथ एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘सरकारको काम नागकिरहरुलाई सहज र सरल ढंगले सेवा सुविधा दिने हो, घण्टौ धाएर सदरमुकाम आउने बाँध्यता हटाउदै हामीले स्थानीय तहबाटै नै एकीकृत घुम्ती शिविर सञ्चालन गरेर सेवा दिएका छौ ।’


जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितिमा सञ्चालन भएको एकीकृत घुम्ती शिविर मार्फत गाउँपालिकाकाभित्रका २ सय ८२ जनाले नागरिकता लिएका छन् । प्रजिअ शर्माका अनुसार ४५ जनाले अपाङगता परिचयपत्र लिएका छन् । अपाङगता भएका व्यक्तिहलाई सदरमुकाम मन्थली आउन कठिन हुने भएको गाउँघरमै परिचयत्र वितरण गरिएको उनले बताए ।

महिला विकास कार्यालयका प्रमुख सत्यादेवी अधिकारीले अपाङगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेकी थिइन । एकीकृत घुम्ती शिविरमा ३ सय ४८ जनाले स्वास्थ्य सेवा लिएका थिए । त्यसैगरी उक्त कार्यक्रममा १ सय ५० वटा पशुको परीक्षण पनि गरिएको थियो । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिकाबाटै जिल्ला प्रशासन कार्यालयले एकीकृत घुम्ती शिविर मार्फत नागरिकता वितरण गर्ने कार्यले नागरिकहरु खुसी भएको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘नागरिकहरुलाई सहज र सरल ढंगले सेवा दिनु जनप्रतिनिधिहरुको काम हो, अझ जिप्रकाले नै एकीकृत घुम्ती शिविर चलाउदा एकै पटक धेरै सेवा नागरिकहरुले पाउनु नै राम्रो कुरा हो ।’ नागरिकता वितरण कार्यमा गाउँपालिकाका अध्यक्ष सुनुवार, उपाध्यक्ष उर्मिला कार्की, वडाअध्यक्षहरु, वडा सदस्यहरुले सहयोग गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी शर्माले जेठ ३० र ३१ गते सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम तय भएको बताउदै बाँकी स्थानीय तहमा पनि कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्