ठेकदारले समयमा नै काम गर्नुपर्छः प्रचण्ड



२६ जेठ, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताउनुभएको छ ।

निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा प्रचण्डले काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या रहेको बताए ।
“सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा नरहेको बताउदै उनले भने,“साना निर्माण व्यवसायीले काम नपाउने र ठूला व्यवसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन् । हाम्रो उद्देश्य विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाएर जनताको अपेक्षा पूरा गर्नु हो ।”

विकास, समृद्धि र सुशासन नै आफ्नो सपना भएको बताउदै प्रचण्डले अबको युग विकास सुशासन र समृद्धिको युग भएको बताए ।,
अनावश्यकरुपमा बाहिर के प्रचार गरिन्छ, त्यतातिर विल्कुल ध्यान नदिएको र विकास, समृद्धि, सुशासन नै आफ्नो लक्ष्य भएकाले त्यसमा इमान्दार रहेको तथा दृढताका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले व्यवसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यवसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्ने बताए । उहाँले भन्नुभयो “राज्य पनि कानूनबमोजिम चलोस्, व्यवसायीले पनि सम्झौताअनुसार काम गरुन्, त्यसले बल्ल देश बन्छ ।”

भेटमा व्यवसायीले ठूला ठेकेदारले मेचीदेखि महाकालीसम्म सबै काम लिएर गरेर राखेको गुनासो गरे । “सरकारले साना व्यवसायीलाई मात्र दबाब दिएको छ, ठूला व्यवसायीका कारण देशको विकास लथालिंग छ, त्यतातिर सरकारको ध्यान जाओस्” एक व्यवसायीले भने ।

प्रतिक्रिया दिनुहोस्