गाई काण्डःकाघिमिरेसँग विवाद भएको हो, नाङगेझार पारिएको होइनःपौडेल



२७ जेठ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका खेतराज घिमिरेलाई आफूहरुले नाङगेझार नपारेको गाई धनी मेघनाथ पौडेलले बताएका छन् । उनले आफूसँग किनेर लगेको लैनो गाई दुई महिनापछि फिर्ता ल्याउदा आफूले दुधको पैसा माग्दा विवाद भएको बताउदै विवाद चर्किदै गएपछि घिमिरेले पैसा नभएको भन्दै कपडा खोलेर हिडेका हुन् ।
घिमिरले पैसा दिन नसक्ने भन्दै कपडा खोलेर पैसा लिएर मात्र आउने भन्दै खेतबाट हिडेका हुन् । पौडेलले भने,‘हामीले कपडा खोलेको कुरा झुट्टो हो, केबल पौडेल र म सँगै भस्मे भन्ने खेतमा थियौ, घिमिरेले दुरागाउँबाटबाट लैनो गाई लिएर आए, हाम्रा बीचमा विवाद भएको साँचो हो, तर कपडा उनले नै खोलेर भागेका हुन ।’

उनले रामेछाप न्युजसँग भने,‘नाङगेझार पारिएको भए उनको कपडा च्यातिने घाउचोट लाग्ने थियो, कुरा त्यसो होइन, घिमिरेसँग गाई पुर्यान आएका व्यक्तिले पछिपछि कपडा लिएर जादा उनले कपडा नै लिन मानेनन, पैसा लिएर आउछु भन्दै कपडा फिर्ता पठाइदिए ।’ पौडेलले आपूmले ढिलो गरी गाई फिर्ता ल्याएको भन्दै गल्ती छाम्न खोज्दा घिमिरेले कपडा खोलेर भागेको बताए ।
पौडेलले दुई महिना अघि १५ दिनको भाकामा लैनो गाई बेचेका थिए । उनले समयभित्रै पैसा नदिएपछि पटक–पटक आफ्नो गाईको पैसा ल्यादिन पौडेलले आग्रह गरेका थिए । तर उनले पैसा दिनुको सट्टा गाई नै फिर्ता लिएर आएपछि विवाद भएको हो, पौडेलले भने । गाई बेच्ने पौडेल र गाई किन्ने घिमिरेको हजुरबुबा र नातीको नाता पर्छ ।

घिमिरेले आफै वडा कार्यालयमा निवेदन च्यातेर मिल्यौ भन्दै हिडेः सुनुवार
दुरागाउँ सामुदायिक मेलमिलाप केन्द्रका संयोजक युवराज सुनुवारले गाई फिर्ता गर्ने विषयमा पौडेल र घिमिरेबीच विवाद बढदै गएपछि कपडा खोलिएको विषय सार्वजनिक भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘पीडित घिमिरेले निवेदन लिएर वडा कार्यालयमा आएका थिए, हामीले घटनाको प्रकृति अनुसार वडामा मिलाउन नसकिने र जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्न सुझाव दिएका थियौ, तर अन्तिममा पीडक र पीडित दुवै जना हामी मिल्यौ भनेर हिडनु भो ।’

सुनुवारले पीडित र पीडक दुवै जना मिलेपछि पीडित घिमिरले वडा कार्यालयमा नै निवेदन च्यातेर हिडेको बताए । वडा कार्यालयले औपचारिक रुपमा निवेदन दर्ता नगरेको बताउदै उनले निवेदन नै दर्ता नभएको विषयमा परामर्श नै नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्