रामेछापमा महिला वडा सदस्यमाथि हातपात !



२९ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–१ गोठगाउँकी महिला वडा सदस्य सुजना श्रेष्ठले आफूमाथि हातपातको प्रयास गरेकोआरोप लगाएकी छिन् । तर हातपातको आरोप लगाइएका युद्धबहादुर कार्कीले भने आरोपमाथि कुनै पनि सत्यता नभएको बताएका छन् । गैराथोक सामुदायिक वनभित्रको जमुनाको रुख कटानबाट सुरु भएको विवाद क्रममा कार्की माइन्युट पढनको लागि माग्दा वडा सदस्य श्रेष्ठले नै जबरजस्ती खोसेको स्थानीय रामकुमारी कार्कीले बताइन ।

गत दुई महिना अघि स्थानीय ठेट कुमार श्रेष्ठले सामुदायिक वनभित्रको जमुनाको रुख कटान गरेपछि जिल्ला वन कार्यालयमा सामुदायिव वनको तर्फबाट उजरी दर्ता भएको थियो । वडा सदस्य श्रेष्ठले आफ्नो दाहिन औला र खुट्टामा चोट लागेको बताइन ।

प्रतिक्रिया दिनुहोस्