फेरियो मिल्ती–मन्थली हुँदै खुर्कोटसम्म सडकको मुहार (फोटोफिचर)



२९ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको एक मात्र कालोपत्रे सडकको रिसिलिङको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सडक निर्माण भएको छ बर्षपछि सडकको हालको अवस्थालाई जोगाइ राख्नको लागि डिभिजन सडक कार्यालय खुर्कोटले रिसिङगको काम गरेको हो ।

रोछापको मिल्तीखोलादेखि मन्थली हुँदै खुर्कोटसम्मको ३५ किलोमिटर सहायक राजमार्गको आवधिक ममृत कार्य अन्र्तगत २८ किलोमिटर सडकको रिसिलिङको काम भइसकेको डिभिजन सडक कार्यालय खुर्कोटका इन्जिनियर मनिषमान शाक्यले रामेछाप न्युजलाई बताए ।


करिब ४ करोडमा आवधिक मर्मत भइरहेको उक्त सडकको काम खरिढुंगा भण्डारी विल्डर्स गोल्मेश्वर जेभी भक्तपुरले लिएको छ ।

मर्मत अवधिमा यायातात व्यवस्थापनको मुख्य चुनौती रहेपनि अपेक्षाकृत रुपमा काम भइरहेको डिभिजन सडक कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनले रामेछाप न्युजलाई बताए । सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन सञ्चालन नगर्न अन्तिम आदेश दिएसँग निर्माण सामाग्री ढुवानीमा समस्या भएको ठेकेदार कम्पनीले बताएको छ । एक महिना अघिबाट सडकको आवधिक मर्मतको कार्य सुरु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्