रामेछापको सदरमुकाम मन्थलीमा रातदिन आन्दोलन



१ असार, रामेछाप ।
बिपी राजमार्गमा ठूला सवारी साधान चल्न पाउनु पर्ने र सरकारले हालै बढाएको पेट्रोलिय पदार्थको मुल्य बृद्धि फिर्ता लिनु पर्ने माग राख्दै रामेछापको सदरमुकाम मन्थलीमा रातदिन आन्दोलन भइरहेको छ । रामेछापका व्यवसायी सर्वोच्च अदालतकले बिपी राजमार्गमा ठूला सवारी साधन चल्न रोक लगाएपछि आन्दोलित भएका छन ।

त्यसैगरी नेपाल विद्यार्थी संघले पनि पेट्रोलिय पदार्थको मुल्य बृद्धि फिर्ता लिनु पर्ने माग राख्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । दिनमा मात्र होइन आन्दोलनमा उत्रिएका मन्थलीका व्यसायीले बिपी राजमार्ग हुँदै दोलखा जान लागेका सवारी साधनलाई समेत रातीको समयमा रोक लगाउन खोजेपछि झडप भएको छ ।

रामेछापको सदरमुकाम मन्थलीमा नेपाल विद्यार्थीसंघले बिहिबार साँझ निकालेको मशाल जुलुश माथि झडप हुँदा प्रहरीले लठिचार्ज गरेको छ । घटनामा परि नेपाली काँग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सभापति विनोद कार्की सहित ६ जना काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।

नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्की, मन्थली नगरपालिका वडा नं ३ का वडाअध्यक्ष केशव रोक्का, नेविसंघका १ नं क्षेत्रका क्षेत्रीय अध्यक्ष धिरज खत्री, नेविसंघका कार्यकर्ता विनोद घिमिरे लगायतका नेविसंघ र काँग्रेसका कार्यकर्ताहरु घाइते भएका छन् ।

नेविसंघले मुल्यवृद्धि तथा सिन्धुली प्रशासनले सिन्धुलीबाट रामेछाप आउने यातायात साधन सञ्चालनमा रोक लगाएको विरोधमा मन्थलीमा मशाल जुलुश निकालेको थियो । सचिव लेखबहादुर कार्कीले सरकारले दमन गरेपनि आफूहरुले उठाएको मागबाट पछि नहटने बताए । उनले रामेछाप न्युजसँग भने,‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मुल्य बृद्धि नहुँदा पनि सरकारले जनताको ढाड सेक्ने गरी मुल्य बृद्धि गरेर जनतामाथि महंगी थोपर्ने काम गरेको छ, यसको विरुद्ध आन्दोलन जारी रहन्छ ।’

रामेछापको सदरमुकाम मन्थली नगरपालिका– २ भैसेसुरमा प्रहरी र व्यवसायीबीच झडप हुँदा ४ जना घाईते भएका थिए । व्यवसायीहरुले बिपी राजमार्ग हुँदै दोलखा जान आएका सवारी साधनलाई रोक्नको लागि बीचमा स्काभेटर राखेर अवरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
बिपी राजमार्गमा ठूला सवारी साधन रोक्ने निर्णयसँग रामेछापमा निर्माण सामाग्रको मुल्य बढनुको साथै निर्माण सामाग्रीको समेत अभाव हुन थालेको छ । तराईबाटै बिपी राजमार्ग हुँदै रामेछाप ठूला सवारी साधन भित्र्न नपाएपछि भुकम्प पीडितहरु थप मर्कामा परेका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले नेविसघले राकेजुलुस निकाल्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीलेले जाठी चार्ज गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्