रामेछापको खाँडादेवी–अग्लेश्व हुँदै सैलुङसम्म केबलकार सरर……



१ असार, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको खाँडादेवी मन्दिर अग्लेश्वरी हुँदै दोरम्बा गाउँपालिकाको सैलुङ्गसम्म केबलकार निर्माण हुने भएको छ । प्रदेश नम्बर ३ को बजेट नै केबलकार निर्माण गर्नको लागि सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रको विकास गर्नको लागि प्रदेश नम्बर ३ को सरकारले केबलकार निर्माण गर्ने योजना अगाडि सारेको हो ।


३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले केबलकार निर्माणको कामलाई अगाडि बढाउन सम्भाव्यता अध्ययनको काम सम्पन्न गरेर निर्माणको चरणमा लैजाने  गरी बजेट बिनियाेजन गरेकाे बताए ।
त्यसैगरी लामो साँघुदेखि दोलखा जिल्लाको सिमाना (फिल्मी सिटी) सम्म केबुलकार सञ्चालन गर्ने, धादिङ लगायत सबै जिल्लाको जिल्लास्तरीय पर्यटन गुरुयोजना, पाँचखालमा सिँचाई परियोजना, साँगा कृषि विश्वविद्यालय स्थापना, देवघाटदेखि गोलाघाटसम्मको नारायणी नदी किनारमा तटबन्धन र पर्यटन मार्ग निर्माण हुने भएको छ । त्यसैगरी रामेछापको खाँडादेवी अकलेश्वर र शैलुङसम्मको पर्यटकीय स्थलमा केबलकार निर्माण, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा काठमाडौँ रोपवेलाई पर्यटकीय रोपवेका रूपमा सञ्चालन लगायतका ५० आयोजनाको सम्भाव्यता अध्ययनका लागि स्रोतको प्रबन्ध गरेको छु । सम्भाव्यता अध्ययन भए पश्चात् त्यस्ता आयोजनाहरूलाई क्रमशः कार्यान्वयन गर्दै लगिने छ ।

प्रतिक्रिया दिनुहोस्