रामेछापको ठोसे फलाम खानी सञ्चालनमा आउने



३ असार, रामेछाप ।
रामेछाप जिल्लाको गाेकुलगंगा गाउँपालिकामा रहेको ठोसेको फलाम खानी सञ्चालनमा आउने भएको छ । प्रदेश नम्बर ३ को बजेटले नै खानीको अन्वेषण गरेर सञ्चालनमा ल्याउने निश्चित गरेको छ ।
खानी तथा खनिज उद्योगहरूको सञ्चालन, विकास एवं प्रवद्र्धनका लागि खानी अन्वेषण भएका क्षेत्रसम्मको पहुँच मार्गलाई सहज बनाउने उद्देश्यले त्यस्ता सडकमा ट्«याक खोल्न आवश्यक रकम समेत बजेटले व्यवस्था गरेको छ ।
आर्थिक लाभको प्रचुर सम्भावना बोकेको खानी तथा खनिज पदार्थको उपयोगलाई प्राथमिकता दिँदै रामेछापको ठोसेमा फलामखानी तथा मकवानपुरको खैराङमा तामा तथा चुनढुङ्गा खानी अन्वेषण गर्न आवश्यक रकम विनियोजन प्रदेशले बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
bzJYD1bkRrRYS, gVnUArMq, kVy6NBy, OZLS, u2K74fI8dKTZQ5K, U9wfPCgN9ew, N9DX, Fgw6hpxlAoByL, 8ciCBv4FF8v5, 31OoMykJr8R3NfU