सुनापति गाउँपालिकामा डोको बेच्न जादा करेन्ट लागेर लामाको मृत्यु



७ असार, रामेछाप ।
सुनापती गाउँपालिका–१ गुन्सीमा डोको बेच्न जाने क्रममा दोरम्बा गाउँपालिका–५ का ६७ बर्षिय पासाङ लामाको करेन्ट लागेर निधन भएको छ । गुन्साल गोगनपानी निवासी लामा आज सुनापति गाउँपालिकाको ढोडनीमा डोको बेच्न जाने क्रममा भइँमा बेवारिस अवस्थामा रहेको बिजुलीको तारको कारण करेन्ट लागेको थियो । डोको बेचेर गुजारा लगाउदै आएका लामाको निधन भएपछि स्थानीयले घटनाको जिम्मेवारी किसान जागरण समूहले लिनुपर्ने माग गरेका छन् ।


दोरम्बा गाउँपालिका–५ गुन्सालका वडा अध्यक्ष गंगाबहादुर तामाङले कमजोर बिजुलीको पोलको कारण दुर्घटना बढिरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘व्यवस्थापनमा केही कमजोरी देखिएका छन, पटक–पटक करेन्ट लागेर नागरिकहरुको ज्यान जानबाट रोक्नु पर्छ ।’
किसान जागरण समुह र किसान जागरण समुहको कर्मचारीको लापरबाहीले गर्दा करेन्ट लागेको भन्दै स्थानीय समुदायसँग आक्रोशित भएका छन् । यदि ढलेको बिजुलिको पोललाई बेलैमा ब्यबस्थापन गरेको भए भए दुर्घटना हुनबाट रोक्न सकिए भएपनि समुदायले ध्यान नदिदा तामाङको ज्यान गएको भन्दै समुदायबाट विद्युत प्राधिकरणलाई हस्तारन्तरण गर्न पनि स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्