विकास निर्माणकाे काम पारदर्शी ढंगले अगाडि बढछःवडा अध्यक्ष थापा 



८ असार, रामेछाप ।
रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–७ का वडा अध्यक्ष रेम थापाले वडाभित्र सञ्चालन  हुने सबै विकास निर्माणको काम पारदर्शी ढंगले सम्पन्न हुने बताएका छन् । उनले निर्वाचनमा जनतासँग गरिएको प्रतिबद्धता अनुसार नै काम अगाडि बढाएको बताउदै विकास निर्माणको काम गर्दा अब प्राथमिकता निर्धारण गरेर अगाडि बढाइने बताएका हुन् ।
उनले वडा कार्यालयकाट प्रवाह हुने सेवालाई प्रभावकारी बताउदै विश्वास व्यक्त गर्दै वडाको विकास गर्नको लागि आफूहरु प्रतिबद्ध भएर लागेको बताए । वडा अध्यक्ष थापाले भने,‘गाउँपालिकाबाट जति पनि शिर्षकमा बजेट आएका छन, ती सबै पारदर्शी ढंगबाट सम्पन्न गरिएको छ ।’
वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास निर्माणको कामसँगै वडाभित्र उद्योग धन्दा सञ्चालन गरेर रोजगारी सृजना गर्ने र पर्यटन क्षेत्रको विकासमा आफूहरुले विशेष ध्यान दिएको बताए । वडा अध्यक्ष थापाले यस आर्थिक बर्षभित्र भएका विकास निर्माणमा खर्च भएको बजेट र योजनाको बारेमा वडावासीलाई जानकारी गराएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको प्रश्नको जवाफ दिदै उनले भने,‘हामी जवाफदेही भएर काम गरेका छौ, राम्रो गर्न कोशिस गरेका छौ ।’
कार्यक्रममा वडाको टोल सुधार समिती, आमा समूह, महिला समूह,वडा बाल सन्जाल, बिपद ब्यबस्थापन समिती, स्वस्थ्य स्वयमसेबिका, युबा क्लब, स्थानीय सरकारी तथा गैरसरकारी संघ, सस्थाका प्रतिनिधि,  राजनीतिक दलका प्रतिनिधि, नगरिक समाज,समाजसेबी बुद्धिजीवीको सहभागीता रहेको थियो ।
कार्यक्रममा २०७४/०७५ को सार्बजनिक सुनुवाइरसार्बजनिक परिक्षण तथा आ. ब. २०७५/०७६ को लागि विभिन्न विषयगत क्षेत्रको योजना तर्जुमा पास गरि वडा परिषद सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्