समाजसेवी दिपेन्द्र कार्कीद्धारा अध्ययन केन्द्रलाई डेढ लाख सहयोग



८ असार, रामेछाप ।
सुनापती गाउँपालिका–३ हिलेदेवीको आरुखर्कमा निर्माण भएको शेरवलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्रको लागि समाजसेवी दिपेन्द्र कुमार कार्कीले आर्थिक सहयोग प्रदान गरेका छन् । उनले निर्माणको क्रममा आफूले गरेको आर्थिक सहयोगको सही सदुपयोग भएकोप्रति खुसी व्यक्त गर्दै अध्ययन केन्द्रको थप विकासको लागि १ लाख एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ पुनः प्रदान गरने घाेषणा गरेका हुन ।

सुनापती गाउँपालिका–३ हिलेदेवीका स्थानीयवासी समेत रहेका समाजसेवी कार्कीले गाउँको सामाजिक क्षेत्रको लागि यस अघि पनि आर्थिक सहयोग गर्दै आएका छन् । उनले आफ्नो व्यवसायबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्दै जाने बताए । कार्कीले रामेछाप न्युजसँग भने,‘सामाजिक कार्यमा गरेको लगानी जतिको आनन्द अन्यत्र छैन, आफ्नो कमाईबाट बचेको रकम आगामी दिनमा पनि सामाजिक कार्यमा नै सहयोग गर्दै जान्छु ।

बौद्ध अध्ययन केन्द्रकाे अवलोकन गर्दै समाजसेवी कार्कीले पुनः आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । अध्ययन केन्द्रले कार्कीले सामाजिक कार्यप्रति देखाएको चासो र आर्थिक सहयोग गर्ने प्रतिबद्धताले निकै खुसी बनाएको भन्दै धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्