प्रधानमन्त्री ओलीले सुनाए चीन भ्रमणका २२ उपलब्धि



१२ असार, काठमाडौ ।
प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल र चीनको सम्बन्धन याँउचाइमा पुगेको बताउनुभएको छ । गतअसार ५ देखि १० गतेसम्मभएको आफ्नो चीन भ्रमणको बिषयमा संघीय संसदलाई जानकारी दिंदै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।
चीन भ्रमणका क्रममापनिदेशलाई फाइदापुग्ने यस्ता थुप्रै सहमति र सम्झौताभएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । भ्रमणका क्रममा सरकारी तर्फबाट १३ वटा र निजी क्षेत्रको तर्फबाट ९ वटा गरी २२ वटा सम्झौताभएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन पछि बनेको सरकारबाट चीन सरकार धेरै आशावादी रहेको,सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पुरा गर्न यो सरकार सक्षमहुने विश्वास चीनले व्यक्त गरेको प्रधानमन्त्रीओलीले बताउनुभयो ।
“नेपाल कसैका विरुद्ध कसैलाई उचाल्ने वा तत्कालिन हितका लागि गैह्र जिम्मेवार ढंगले प्रष्तुत हुने काम गर्दैनौ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देशको हितलाई ध्यानमा राखेर मात्रहामीकाम गछौं ।”


नेपाल र चीन बीचमित्रता र सद्ध्भावमा थप अभिवृद्धि गर्ने,दुई देशकाबीचमाविगतमाभएका सम्झौता र समझदारीहरुको कार्यन्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने ,सरकारका आगामी प्राथमिकताचिनियाँ नेतृत्वलाई अवगत गराउनेआफ्नो भ्रमणको उद्धेश्य रहेको प्रधानमन्त्रीओलीले बताउनुभयो । यसैगरी राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिलगर्नका लागिचिनियाँ सरकारसँग विभिन्न क्षेत्रमा सहयोग तथा सहकार्य गर्नु पनि भ्रमणको उद्धेश्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “हाम्रो भ्रमणका अधिकांस उद्धेश्य पुरा भएको हामीले महसुष गरेका छौं ” प्रधानमन्त्रीओलीले भन्नुभयो ।
चीनमा रहंदाआफूले राष्ट्रपति सीजिनपिङ्ग,प्रधानमन्त्री ली खच्याङ्ग, राष्ट्रिय जनकंग्रेसका स्थायी समितिअध्यक्षलीझान्सुसँग भेट भएको प्रधानमन्त्रीओलीले जानकारी दिनुभयो । यसैगरी तिब्बतको ल्हासामातिब्बत जनसरकारका प्रमुख अध्यक्ष महामहिम छि तालासँग पनि भेटघाट भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीओलीले चीनमाउर्जा सहयोग सम्बन्धी समझदारी पत्र,मितेरी पुल र रसुवापुलपुननिर्माण सम्बन्धी सम्झौताहरु,मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बिन्ध प्राटोकल,लगानी तथा उत्पादन क्षमताका सहयोग सम्बन्धी समझदारी पत्र ,नुवाकोट दरबार पुननिर्माण,रसुवा,दोलखा र सिन्धुपाल्चोकमा विद्यालय पुननिर्माण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको प्रधानमन्त्तीओलीले जानकारी दिनुभयो । यसैगरी पूर्वा तराइ नदी नियन्त्रण आयोजना अन्तरगत झापा जिल्लाका ९ वटा नदी नियन्त्रण सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
आफू भारत भ्रमणबाट फर्केपछि यस भ्रमणका सकारात्मक असर क्रमश देखिने छन् भनेको स्मरण गरांउदै प्रधानमन्त्रीओलीले भन्नुभयो “विराटनगरको भारतीय सम्पर्क अफिस हट्नु,थपहवाइ रुट नेपालले पाउनु,डुबानको बिषयमा नेपाल भारतको संयुक्त टिमले अध्ययन गर्नु त्यस भ्रमणका सकारात्मक पक्ष थिए । जो केही समय पछि देखिए । अरु पनि यस्ता सकारात्मक पक्ष क्रमश देखिदै जानेछन् । चीन भ्रमणका पनि यस्ता सकारात्मक पक्ष अब क्रमश देखदिै जानेछन् । ”

प्रतिक्रिया दिनुहोस्