खाँडादेवी गाउँपालिकाको बजेट ५२ करोड, यस्तो आयो नीति तथा कार्यक्रम (पूर्णपाठसहित)



१२ असार, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि नीति तथा कार्यक्रमको साथै बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले यस आर्थिक बर्षको लागि ५२ करोड ९ लाख रुपैयाँको बजेट ल्याएको छ । समृद्ध खाँडदेवी गाउँपालिकाको निर्माण गर्ने लक्ष्यको सहितको नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ ।गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।कार्यक्रममा उपाध्यक्ष मखमली श्रेष्ठ, नौ वटा वडाका अध्यक्षहरुको सहभागीता रहेको थियो ।

यस्तो छ खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम (पूर्ण विवरणसहित)

प्रेमबहादुर तामाङ

अध्यक्ष

खाँडादेवी गाउँपालिका उपाध्यक्ष तथा उपस्थित ९ वटै वडाका वडाअध्यक्षज्यूहरु, कार्यपालिका सदस्य तथा वडासदस्यज्यू, राष्ट्रसेवक कर्मचारी तथा उपस्थित सम्पूर्ण महानुभावहरु ।


नेपाली जनताले इतिहासका विभिन्न कालखण्डहरुमा नागरिक अधिकारका लागि संचालन गरेका जनआन्दोलन, जनसंघर्ष, लगायत सम्पूर्ण आन्दोलनबाट प्राप्त नेपालको संविधान २०७२ बमोजिम स्थानीय तहको व्यवस्था भएबाट स्थानीय सरकारको रुपमा स्थानीय सरकार संचालन ऐन बमोजिम यस खाँडादेवी गाउँपालिकाले विकास निर्माणको गतिविधि संचालन गरीरहेको छ । यसै सिलसिलामा यस गाउँपालिकाको तेस्रो गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएको छु । मानवअधिकार, सामाजिक न्याय, अग्रगामी परिवर्तन तथा नागरिक अधिकारका लागि पटक पटक भएका आन्दोलन, सशर्त संघर्षमा त्याग र वलिदान प्रदान गर्नुहुने ती ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
अध्यक्ष महोदय,
स्थानीय तहको निर्वाचन पश्चात गठन भएको यस गाउँपालिकाले १४ महिना व्यतित गरेको छ । नयाँ संरचना, नयाँ जनशक्ति, नविन सृजना नवीन राजनैतिक र प्रशासनिक प्रणालीमा प्रवेश गर्दाको अवस्थामा हामीले केही स्मरणयोग्य कार्य समेत अघि बढाएका छौं । गाउँपालिका भित्र सडक संजालको विस्तार तथा सुधार, भवन निर्माण, ऐन नियमको तर्जुमा, शैक्षिक सुधार, पालिका तथा वडा कार्यालय व्यवस्थापन, मुख्य सडकको स्तरोन्तिको लागि डि.पि.आर. तयार, नागरिक वडापत्र, सार्वजनिक सुनुवाई, कृषि, स्वास्थ्य, महिलाबाट संचालित कार्यक्रमहरुबाट यस गाउँपालिकाको आर्थिक सामाजिक विकासमा अघि बढेको संकेत प्रदान गरेको छ । हिजो र आजको विकास अन्तरलाई यहाँहरुले महसुश गरेकै हुनपर्छ । गाउँपालिका यतिमा मात्र सिमित नभई आर्थिक सामाजिक विकासका हरेक क्षेत्रहरुको समानुपातिक, समावेशी र समन्यायीक विकासलाई अघि बढाउदै सुन्दर, सभ्य र समृद्ध खाँडादेवी निर्माणमा आफ्नो प्रयाशलाई दोब्बर तुल्याउदै यस गाउँकार्यपालिकाको मिति २०७५÷३÷९ गते बसेको बैठकको निर्णय बमोजिम देहायको प्राथमिकताका आधारमा देहायका नीति तथा कार्यक्रमहरु पेश गर्न चाहान्छु ।


नीति तथा कार्यक्रमका प्राथमिकताहरुः
(क) आर्थिक तथा गरिवी निवारणमा प्रत्यक्ष योगदान पुग्ने,
(ख) उतपादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सक्ने,
(ग) जनताको जिवनस्तर, आम्दानी र रोजगार बढ्ने,
(घ) स्थानीय बासिन्दाहरुको सहभागिता जुट्ने, स्वयम सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने,
(ङ) स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने,
(च) महिला, वालवालिका तथा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने ,
(छ) लैंगिक समानता र सामाजिक समावेशकिरण अभिवृद्धि हुने ,
(ज) दिगो विकास, वातावरणीय संरक्षण तथा संवद्र्धन गर्न सघाउ पु¥याउने,
(झ) भाषिक तथा सांस्कृतिक पक्षले जगेर्ना र सामाजिक सदभाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने,
नीति तथा कार्यक्रमका क्षेत्रहरु ः
१.शिक्षाः
ड्ड स्थानीय सरकार संचालन ऐन, शिक्षा ऐन तथा नियमावली बमोजिम आधारभूत तथा माध्यमिक शिक्षाको संचालन, अनुगमन, विकास लगायत सम्पूर्ण दायित्व गाउँपालिकाले लिनेछ ।
ड्ड आगामी आर्थिक वर्ष देखि कक्षा ८ को परिक्षा पालिकाले संचालन गर्ने गरी व्यवस्था मिलाईनेछ ।
ड्ड शैक्षिक विकास, सुधार तथा गुणस्तरीय शिक्षाका लागि सरोकार वालाहरुको सहभागिता सुनिश्चित गरिनेछ । यसका लागि शिक्षा ऐन, नियममा सामयिक सुधार गर्ने नीति लिइनेछ ।
ड्ड शैक्षिक गुणस्तर सुधारका लागि पालिका, शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारी वीच अन्तरसम्बन्ध र सहकार्यलाई अगाडी बढाईनेछ ।
ड्ड शिक्षक दरवन्दी मिलान, सरुवा, विद्यालय मर्ज, विद्यार्थी शिक्षक अनुपात तथा कर्मचारीको उचित व्यवस्थापन गरिनेछ ।
ड्ड यस खाँडादेवी गाउँपालिका सबै वालवालिकालाई अनिवार्य रुपमा विद्यालय जाने कार्यक्रमलाई अभियानको रुपमा संचालन गरी साक्षर खाँडादेवी वनाउने नीति अख्तियार गरिनेछ ।
ड्ड ूविद्यालय ल्याऔं, टिकाऔं र सिकाऔंूैं अभियान संचालन गरी थामी र माझी अल्पसंख्यक वालवालिकालाई अनिवार्य विद्यालय भर्ना गर्र्ने नीति लिइएको छ । थामी जातिका वालवालिकाको लगत संकलन गरी तह अनुसार शैक्षिक भत्ता उपलब्ध गराईनेछ । उक्त दुवै अल्पसंख्यक जातिका महिला तथा पुरुषका लागि प्रौढ शिक्षा कार्यक्रम वनाई लागू गरिनेछ । थामी जातिको युवा युवतीको लागि उच्च शिक्षा अध्ययन गर्दा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्नेछ ।
ड्ड विद्यालयलाई अपाङ्ग तथा वालमैत्रि वनाउने नीति लिईनेछ । सहभागिता मूलक शैक्षिक प्रणालीलाई प्रोत्साहन गरी दण्डरहित सिकाईमा जोड दिइनेछ ।
ड्ड प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि एक प्राविधिक शिक्षालय तथा विद्यालय स्थापना गर्ने नीति लिइएको छ ।
ड्ड अंग्रेजी शिक्षा, वाल विकास केन्द्र, नमूना विद्यालय तथा एक्सिलेण्ट सेन्टरको विकासलाई निरन्तरता दिइनेछ ।
ड्ड विद्यालयलाई सूचनामैत्री शिक्षामा जोड दिई दूरसंचार संस्थासँगको सहकार्यमा निशुल्क ईन्टरनेट सेवाको लागि कार्य अघि बढाइनेछ ।
ड्ड विद्यालयलाई प्रदान गरिने अनुदानलाई भौतिक पूर्वधार विकास र विद्यालय सुधारमा केन्द्रित गरिनेछ ।
ड्ड शिक्षाको गुणस्तर सुधार गर्न तालिम, नविन प्रविधिको प्रयोग र गुणस्तर मापदण्ड बनाइ लागू गरिनेछ ।
ड्ड विद्यार्थीको प्रतिभा पहिचान गरी पुरष्कृत गरिनेछ ।
ड्ड सामुदायिक सिकाई केन्द्रलाई शैक्षिक सूचना केन्द्रको रुपमा विकसित गरिनेछ । शिक्षक, विद्यार्थी, विद्यालयको सम्पतिको अभिलेख अध्यवधिक गरिनेछ ।
ड्ड एस.इ.इ.मा उतकृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई पुरष्कृत गरिनेछ ।
२.स्वास्थ्य तथा सरसफाई
ड्ड स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ, भरपर्दाे र गुणस्तरीय बनाइनेछ । आधारभूत स्वास्थ्यमा सबै नागरिकको पहुँच सुनिस्चित गर्न स्वास्थ्य वीमाको कार्यक्रम गाउँपालिका भर विस्तार गरिनेछ ।
ड्ड बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि केन्द्रिय विनियोजित रकम मार्फत संचालन गरिने कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
ड्ड स्वास्थ्य केन्द्रहरुमा २४ सै घण्टा सेवा प्रदान गर्न जनशक्ति, स्रोतसाधान तथा पूर्वधारहरुको विकास गर्ने नीति लिइनेछ ।
ड्ड यस गाउँपालिकाको उपयुक्त स्थान हेरी कम्तीमा ५० शैयाको खाँडादेवी अस्पताल खोल्नको लागि केन्द्र, प्रदेश, निजि क्षेत्र तथा गै.स.स.सँग सहकार्यको लागि पहल गरिनेछ । तिनमा आवश्यक स्वास्थ्य उपकरण, प्राविधिक र चिकित्सककोे व्यवस्था गरिने छ ।
ड्ड यस गाउँपालिकाका नागरिकहरुलाई आधारभुत उपचार गर्न एक्सरे मेसिन, रोग निदानको लागि ल्याव र फार्मेसिको व्यवस्थापन गरी सो संचालनको लागि आवश्यक जनशक्तिको व्यवस्था मिलाइनेछ ।
ड्ड स्वास्थ्यकर्मीको क्षमता विकासका लागि तालिम संचालनको गरी कार्यसम्पादनलाई प्रभावकारी बनाइनेछ । औषधिको आपूर्तिलाई नियमित गरिनेछ ।
ड्ड विपन्न महिला, दलित, अलपसंख्यक र जेष्ठ नागरिकहरुको स्वास्थ्य हेरचाह गर्न घरघरमा स्वास्थ्य सेवा पु¥याउने प्रारम्भिक पहल गरिने छ ।
ड्ड गाउँपालिकाको विभिन्न स्थानमा स्वास्थ्य शिविरहरु संचालन गरिनेछन ।
ड्ड चर्पि नवनाउने, सो को दुरुपयोग गर्नेलाई पालिाका तथा वडाबाट प्रदान गरिने सेवा रोक्का गरिनेछ । चर्पीको उपयोग नगर्ने उपर निगरानी राखिनेछ ।
ड्ड ध्यान र योगको माध्यमबाट स्वस्थ्य शरीर, सकरात्मक सोच र व्यक्तित्व विकास गर्न नागरिक आरोग्य कार्यक्रम संचालन गरिनेछ ।
ड्ड सार्वजनिक स्थलहरुमा धुम्रपान र मदिरा निषेध गरिनेछ । मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरणलाई निस्चित स्थान तोकी व्यवस्थित तुल्याइनेछ ।
ड्ड गाउँपालिकाको लागि आवश्यक स्वास्थ्य जनशक्ति डाक्टर, रेडियोलोजिष्ट, स्वास्थ्य प्राविधिक तथा कविराजको दरवन्दी सृजना गर्न पहल गरिनेछ ।
ड्ड विद्यमान बर्थिङ सेन्टरको व्यवस्थापन प्रभावकारी बनाइनेछ । आवश्यक स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर खोल्दै जाने नीति रहेको छ ।
ड्ड पालिका भित्र एक आयुर्वेदिक अस्पताल खोली कविराजको दरवन्दी कायम गरिनेछ ।
ड्ड पालिका स्तरयि तथा वडास्तरीय सरसफाई अभियान संचालन गरी सफा खाँडादेवीको परिचय दिने नीति लिईनेछ ।
ड्ड वजार क्षेत्र, चोक तथा सार्वजनिक स्थलहरुमा महिला र पुरुषको छुट्टै शौंचालय निर्माण गर्ने नीति लिएको छ । साथै आफूले गर्ने फोहोर आफै व्यवस्थापन गरिने छ । फोहोर व्यवस्थापन गर्न स्थानीय सामाग्रीबाट तयार भएको डष्टविन वितरण गरिनेछ ।
३.कृषि तथा पशुपन्छी
ड्ड कृषिलाई व्यवसायीकरण, यान्त्रीकीकरण, बजारीकरण गर्ने मूल नीति लिइनेछ । उच्च प्रविधि अवलम्बन गरी उत्पादन बढाइने तथा सामूहिक कृषि प्रणालीको विकास गर्ने नीति लिइनेछ ।
ड्ड प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत चिया, कफी, अलैंची, आलु र कागतीको उन्नत विउ र विरुवामा अनुदान दिने नीति लिइएकोछ । उच्च मूल्यका कृषि उपजहरुलाई प्राथमिकतामा राखी उत्पादनमा जोड दिइनेछ ।
ड्ड कृषि तथा पशुपन्छी सम्बन्धी प्राविधिक ज्ञान र सीप प्रदान गर्न कृषि ज्ञान केन्द्र स्थापना गरिनेछ ।
ड्ड आर्गनिक खेती, कृषि तथा पशु व्यवसायमा वैदेशीक रोजगारीबाट फर्केका युवालाई आकर्षित गर्न कार्यक्रम बनाई लागू गरिनेछ ।
ड्ड व्यक्तिगत करार तथा सहकारी खेती प्रणालीलाई प्राथमिकता दिइनेछ । तीनका उत्पादन लागतमा निश्चित रकममा व्याज मिनाहा गर्न पहल गरिनेछ ।
ड्ड मुख्य वालीहरुको पकेट क्षेत्र निर्धारण तथा नमूना कृषि फार्म स्थापना गर्न उपयुक्त क्षेत्र तोकी कार्य अघि बढाइनेछ । पकेट क्षेत्रका कृषकलाई प्राविधिक सहयोग तथा निस्चित रकम अनुदान दिइनेछ ।
ड्ड जोखिम सम्बोधन गर्न कृषि विमालाई प्रभावकारी बनाइनेछ ।
ड्ड माटोको गुणस्तर परीक्षण गरी उपयुक्त विउ विरुवा लगाउने कार्यलाई कार्यक्रम बनाई लागू गरिनेछ ।
ड्ड सिन्चित तथा अन्य कृषि भूमिलाई घर घडेरीमा परिवर्तन गर्न नपाइने तथा जग्गाको खण्डीकरणलाई निरुत्साहित गरिनेछ ।
ड्ड पशुपन्छी विकास तर्फ पशु विकास सेवा बंगुर–कुखुरा सहकारी कार्यक्रम, पशु स्वास्थ्य नियमन कार्यक्रम, पशु आहार सेवा कार्यक्रम तथा पशुसेवा प्रसार कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिनेछ ।
४.महिला÷वालवालिका तथा जेष्ठ नागरीक
ड्ड विपन्न र पिछडिएको सबै महिलालाई सीप तथा उद्यमशीलता विकास मार्फत काम र अवसरमा पहुँच पु¥याई स्वःआर्जन मार्फत आत्मनिर्भर बनाइनेछ ।
ड्ड वाल विवाह, दाईजो प्रथा लगायत सबै प्रकारको कुरीति, अन्धविश्वास र महिलाको हिंसाको विरुद्धमा सचेतना अभिवृद्धि गर्न नीति लिईनेछ ।
ड्ड महिला हिंसा विरुद्ध शून्य सहनशिलताको नीति लिइनेछ ।
ड्ड जोखिममा परेका गर्भवती, सुत्केरी महिला, जेष्ठ नागरीक तथा गम्भीर रोग तथा चोटपटक लागेका विरामीको आपत्कालीन उद्धार गर्न एम्वुलेन्सको प्रवन्ध मिलाइनेछ ।
ड्ड मानसिक रोगी, टुहुरा वालवालिका, असहाय, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरुको सुरक्षा र हेरचाह गर्ने व्यक्ति वा संस्थाहरुलाई निश्चित कार्यविधि बनाई निश्चित अनुदान प्रदान गर्ने नीति लिइएको छ ।
ड्ड जेष्ठ नागरिक आरोग्य आश्रमको संभाव्यता अध्ययन गरिनेछ ।
ड्ड दलित, अल्पसंख्यकको समृद्धिको लागि सहकारी मार्फत सामूहिक जमानीमा ऋण उपलब्ध गराउने नीति लिइएको छ ।
ड्ड महिला सहकारी संचालन गर्न विउँ पूजिको रुपमा अनुदान उपलब्ध गराउने नीति लिइएको छ ।
ड्ड वालविकासको लागि बाल संजाल, गाउँ बाल संरक्षण समिति गठन गरी कार्यक्रमहरु संचालन गरिनेछन् ।
ड्ड विद्यालय, कार्यालय तथा सार्वजनिक स्थललाई अपांङ्गमैत्री बनाउन सोही बमोजिमको भवन निर्माण डिजाइन गरिनेछ । विभिन्न प्रकृतिका अपांङ्गता भएका व्यक्तिहरुको विकासका लागि लगत संकलन गरी कार्यक्रम बनाई लागू गरिनेछ ।
५.पर्यटन
ड्ड खाँडादेवी, अग्लेश्वर, नर्वदेश्वर, विश्वमित्र गुफा, सुलिथुम्का भ्यूटावर, रुद्राक्षश्वर महादेव, किरातेश्वर महादेव, राक्से गुफा, लुभुघाट–त्रिवेणी सुनकोशी ¥याफटिङ पर्यटन विकासका लागि डि.पि.आर. तथा अध्ययन अनुसन्धान गरिनेछ ।
ड्ड खाँडादेवी मन्दिरको योजनाबद्ध विकासको लागि गुरुयोजना तयार गरिनेछ । मनिदर वरीपरि परिक्रमा पथ निर्माण गरी पर्यटनको विकास गरिनेछ ।
ड्ड दुर्गानदी संरक्षण समिति निर्माण गरि विश्वभरीका हिन्दुधर्मालम्वीहरुको स्नान गन्तव्यको रुपमा विकास गरिनेछ ।
ड्ड प्रदेश सरकारबाट सित्खा–खाँडादेवी मन्दिर केवलकार संचालनका लाई डि.पि.आर तयार गर्ने कार्यलाई समयमा नै सम्पन्न गरी सो को लागि वजेट निकासाको लागि पहल गरिनेछ ।
ड्ड खाँडादेवीको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पहिले खाँडादेवी पुगौं भन्ने अभियान संचालन गरिनेछ । यसका लागि खाँडादेवीमा जन्मे, हुर्के,बढे, पढेका व्यक्ति तथा यसलाई माया गर्ने व्यक्तिहरुको अगुवाईमा पर्यटन विकास सम्बन्धि विशेष सम्मेलन गरी गाउँपालिकाको लागत सहभागितामा सहितको कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड होटल, रेष्टुरेण्ट, रिसोर्ट, पार्क निर्माणमा सहकार्य गर्ने व्यक्ति÷संस्थालाई निश्चित अनुदान प्रदान गरिने नीति लिइनेछ ।
ड्ड खाँडादेवी मन्दिरको आसपासमा पर्यटन सूचना केन्द्र स्थापना गरी यस गाउँपालिकाको पर्यटन क्षेत्र तथा स्थानको प्रचार प्रसार गरिनेछ ।
ड्ड खाँडादेवी मन्दिर विकास कोषको रकम उक्त क्षेत्रको सडक तथा पूर्वधार विकासमा खर्च गर्ने व्यवस्था मिलाइनेछ । विकास समितिमा गाउँपालिकाको सहभागिता निस्चित गरिनेछ ।
ड्ड सडकको मर्मत संभार तथा स्तरोन्नतीको लागि जालीयुक्त ग्याविन वाल लगाई सडक पूर्वधारलाई दिगो बनाउने नीति लिइएको छ ।

६.खानेपानी
ड्ड ४ वर्ष भित्र सबै नागरिकलाई आधारभूत खानेपानी पूर्वधारमा पहुँच सुनिश्चता गर्ने विशेष कार्यक्रम ल्याईनेछ । जलचर तथा खानेपानीको स्रोत संरक्षण गरिनेछ ।
ड्ड खानेपानीको वैकल्पिक आपूर्तिलाई व्यवस्थित गर्न पालिकामा एउटा पानी ट्याङकरको व्यवस्था गरिनेछ ।
ड्ड सुनकोशी, तामाकोशी ,भटौली, दुर्गानदीहरुमा नमूना खानेपानी आयोजना संचालन गरिनेछ ।
ड्ड सुख्खा ग्रस्त क्षेत्रको हरेक घरमा आकासे पानी संकलन गर्ने प्रणाली तयार गरी रिजर्भ ट्याङकी निर्माण गरिनेछ ।
ड्ड शुद्ध पिउने पानीको आपूर्तिलाई नियमित गरिनेछ ।
७.यातायात पूर्वधार
ड्ड सित्खा–रायगाउँ–चुल्ठेपानी, भटौली–गाल्वा, खैरैनी–राकाथुम–गाल्वा, सित्खा–गोगनपानी–धुलेवेसी, सित्खा–टोड्के–मझुवा हुँदै रायगाउँ,घ्यासिंङ डाँडा–गोगने चौर–भटौली, फुल्पा—आँगेटार—सिम्ले, सिकारी डाँडा–स्वास्थ्य चौकी–प्रयागेश्वर–वेसीटोल–मन्थली, गाल्वा–थानसिंङ–निगलवास–भोटनागी,चुलठेपानी–खरीढुङ्गा–निगलवास,डप्खा–लाप्का–देउरालीडाँडा, चपाडी–खोलाघारी–पिपलटार–धारापानी–खानीगाउँ–दलिनखोर जाने सडकको स्तरोन्नती गरिने छ । यी सडकहरुमा ५ वर्ष भित्र पिच तथा स्तरोन्नती गर्ने कार्य सम्पन्न गर्ने गरी काम अघि वढाइनेछ ।
ड्ड सडक संजाललाई अन्य जिल्ला र पालिकासँग जोड्न पहल गरिनेछ ।
ड्ड आगामी दिनमा सडक निर्माण गर्दा ढल सहितको ईष्टमेट तयार गरिनेछ । ढल बाहेकको इष्टमेट स्वीकृत गरिने छैन ।
ड्ड खाँडादेवीबाट चल्ने यातायात सेवालाई प्रभावकारी बनाउन गोगनपानी गाल्वा उपयुक्त स्थानमा बस स्टप र बस पार्किङको व्यवस्था मिलाईने छ र सो को लागि आवश्यक वजेट छुट्याइनेछ । सडकको संरक्षण, सवद्र्धनलाई प्राथमिकता प्रदान गरिने छ । नयाँ ट्रयाक खोल्न गर्ने कार्यलाई पूर्णरुपमा बन्द गरिनेछ ।
ड्ड खाँडादेवी गाउँपालिका वरिपरि चक्रपथ निर्माण गर्ने कार्य अघि बढाइनेछ ।
ड्ड सडकहरुको स्तरोन्नतीको लागि मात्र वजेट छुट्याइनेछ । सडकको नियमित संरक्षण, संवद्र्धनलाई प्राथमिकता दिइनेछ । सो को लागि मर्मत संभार कोष खडा गरिने छ । सो कोषमा लागत अनुमान तयार गर्दाको अवस्थामा निश्चित रकम छुट्याइनेछ । यसको लागि निस्चित मापदण्ड र कार्यविधि पारित गरी खर्च गरिनेछ । साथै सडक प्रयोग गर्नेले प्रयोग बापतका निश्चत कर तिर्नुपर्ने नीति लिइनेछ ।

८.आवास, भवन र शहरीकरण
ड्ड भुकम्प पीडितहरुको घर निर्माण, गुनासो व्यवस्थापन, लगत संकलन, गुणस्तर निर्माणलाई प्रत्याभुत गर्न संलग्न जनशक्तिलाई प्रभावकारी परिचालन गरी भूकम्प प्रतिरोधी घर निर्माणमा सुनिश्चत गरिनेछ । किस्ता वितरणका लागि सम्बन्धित निकायमा समन्वय गरिने छ ।
ड्ड एकिकृत वस्ती निर्माणको लागि उपयुक्त स्थान निर्धारण गरी कार्य अघि बढाउने नीति लिइएको छ । यसका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरिने छ ।
ड्ड विषयगत कार्यालय, पालिकाको आवास, क्यान्टिन, प्रतिक्षालय, वडा कार्यालयको नभएका वडाहरुमा भवन निर्माण, स्वास्थ्य तथा कृषि केन्द्र निर्माण तथा मर्मत सुधार लगायत सार्वजनिक भवन निर्माण तथा मर्मत सुधार गर्न केन्द्रको लागत सहभागिता अनुरुपको वजेट व्यवस्था गरी निर्माण कार्य अघि बढाइने नीति लिइएको छ ।
ड्ड संघीय सरकारबाट प्राप्त वजेटबाट पालिकाको लागि आवश्यक छुट्टै स्थायी संरचना निर्माण गरिने छ ।
ड्ड गोगनपानी, गाल्वा, घ्याङसिंडाँडा, सित्खा फुल्पालाई शहरी पूर्वधारको विकास गरी शहरीकरण गर्दे लगिनेछ ।
ड्ड पालिकालाई उपलब्ध गराउने जग्गादाताहरुलाई सम्बन्धीत जग्गा आसपास सडक, खानेपानी , विद्युत जस्ता पूर्वधारको विकास गर्दे लगिनेछ ।
ड्ड शहरी विकास योजना तयार गरी लागू गर्ने नीति लिएको छ ।
९.वन तथा वातावरण
ड्ड सुख्खा ग्रस्त क्षेत्रलाई हरभरा वनाउन तथा पानीको संरक्षण गर्न बाँझो, सुख्खाग्रस्त क्षेत्र, नदीकिनार, खस्केको जमिन, सडक÷बाटो तथा घरआँगनमा अनिवार्य रुपमा वृक्षारोपण गर्ने व्यवस्था मिलाइनेछ ।
ड्ड वैज्ञानिक वन व्यवस्थापन नीति अख्तियार गरिनेछ ।
ड्ड जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकुलताका कार्यक्रमहरु संचालन गरिनेछ । पानीको स्रोत संरक्षण गर्न वन तथा वनस्पतीको संरक्षण गरिनेछ ।
ड्ड स्वच्छ, हरभरा र प्रदुषणमुक्त, खाँडादेवी अभियान संचालन गरिनेछ । यसका लागि पालिका, निजि क्षेत्र, सहकारी क्षेत्र, विद्यालय तथा गै.स.स.सँग सहकार्य गरिनेछ ।
१०.विपद व्यवस्थापन
ड्ड गाउँपालिकामा एक विपद व्यवस्थापन कोष खडा गरिने छ । सो कोषमा पालिका, जिल्ला, प्रदेश, केन्द्र तथा अन्य संघसंस्थाबाट र व्यक्तिबाट प्राप्त रकम जम्मा गरिनेछ ।
ड्ड विपद व्यवस्थापन कोषको रकम भुकम्प, आगलागी, विपति तथा अन्य दैविक तथा मानविय प्रकोपको पूर्व तयारी, उद्धार र पुनस्र्थापनामा कार्यविधि बनाई खर्च गरिनेछ ।
ड्ड विपद प्रभावित तथा अन्य व्यक्तिलाई आपतकालीन उद्धार गर्न पालिकाको उपयुक्त स्थान हेरी हेली प्याडको निर्माण गरिनेछ ।
ड्ड आकष्मिक कार्य जस्तैः बाढी, पहिरो आगलागि आदिमा खर्च गर्ने गरी एक आकष्मिक कोष खडा गरिनेछ । सो कोषको रकम कार्यपालिकाबाट निस्चित मापदण्ड र कार्यविधि बनाई खर्च गरिनेछ ।
११.उद्योग
ड्ड क्रसर उद्योग, काष्ठ उद्योग तथा अन्य घरेलु तथा साना उद्योग दर्ता, संचालन, नियमनको व्यवस्थालाई प्रभावकारी वनाइनेछ ।
ड्ड यस गाउँपालिका भित्र स्थापना हुने कृषि, घरेलु, पर्यटन, साना उद्योग खोल्न लाग्ने दर्ता शुल्क मिनाहा दिने नीति लिइनेछ । यसले उद्योगको विकास र विस्तारमा टेवा पु¥याउने विश्वाश लिएको छु ।
१२.वाणिज्य तथा आपूर्ति
ड्ड नागरिकहरुलाई स्वच्छ, गुणस्तरयुक्त उचित मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने गरी पालिकाका हरेक पसलहरुमा मूल्यसूची राख्ने कार्यलाई कडाईका साथ लागू गरिनेछ । यसका लागि नागरिक, जनप्रतिनिधिहरुकोे संयुक्त अनुगमन समिति बनाई अनुगमनलाई प्रभावकारी बनाइनेछ साथै गुणस्तरहीन, बढि मूल्य लिने, म्याद गुज्रेको सामान विक्रि वितरण गर्ने व्यवसायीहरुलाई प्रचलित कानून बमोविजम कारवाही गरिनेछ ।
ड्ड पेट्रोलियम पदार्थको विक्रि वितरण र भण्डारणलाई वृद्धि गर्न निजि क्षेत्रलाई यस गाउँपालिकाको उपयुक्त स्थानमा पेट्रोल पम्प स्थापना गर्ने नीति लिइनेछ । सोको लागि पालिकाले आवश्यक स्थानको सहजीकरण गर्नेछ ।
ड्ड लेभल मिति, ब्राण्ड तथा स्टीकर नभएको व्यपारिक मालसामानको प्रवेशलाई सम्बन्धित नाकाबाट भित्रिनबाट रोक्न आवश्यक नियन्त्रणको व्यवस्था मिलाइनेछ । जसले नागरिकाको स्वास्थ्यमा पार्ने नकरात्मक प्रभावलाई न्यूनिकरण गर्नेछ ।
१३.सिँचाई
ड्ड ४ वर्षभित्र सबै सिँचाई योग्य जमिनमा सिँचाई सुविधा पु¥याउन निर्माणधीन आयोजनाहरु सम्पन्न गरिने छ ।
ड्ड सुनकोशी, तामाकोशी, भटौली, दुर्गानकी तथा अन्य खोला खोल्साको सामान्यता अध्ययन गरी साना सिँचाई सम्पन्न गरिने छ । कृषकको सहभागीतामा यसलाई अघि बढाईनेछ ।
ड्ड सुनकोशी, तामाकोशी, भटौली तथा अन्य नदी खोलाहरुमा सौर्य उर्जाबाट लिफ्ट संचालन गरी खानेपानीको व्यवस्था मिलाइनेछ ।
१४.विद्युत
ड्ड सबैलाई विजुली बत्ति भन्ने नाराका साथ घरघरमा विद्युतीकरणमा जोड गरिने छ । यसका लागि विद्युत प्राविधिकरणसँग आवश्यक सहकार्य गरिनेछ ।
ड्ड विद्युत सेवा नपुगोका तथा नियमित नभएका पालिका, वडा, विषयगत कार्यालय तथा केन्द्रहरुमा सौर्य उर्जाको व्यवस्था गरी उज्यालो खाँडादेवी अभियान संचालन गरिनेछ ।
१५.संस्कृति
ड्ड अल्पसंख्यक थामी, माझी जातिको भाषा, धर्म संस्कृति संरक्षण तथा अन्य विशिष्ट संस्कृतिको संरक्षण गर्न जातीय तथा सांस्कृतिक संग्राहलय निर्माण गर्ने नीति लिईएको छ ।
ड्ड नेपाली भाषा लगायत अन्य भाषामा साहित्य सृजन ागर्ने उत्कृष्ट स्रष्ट्रालाई पुरष्कारको व्यवस्था मिलाइएको छ ।
ड्ड राष्ट्रिय पोशाकको संरक्षण, संवद्र्धन हुने गरी जनप्रतिनिधिहरुलाई राष्ट्रिय पोशाक दौरा सुरुवाल÷सारी चोलो उपलब्ध गराई सार्वजनिक कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुने व्यवस्था गरिएको छ ।
१६.सूचना प्रविधि तथा संचार
ड्ड गाउँपालिकाका प्रत्येक वडाहरुमा इन्टरनेटको सुविधा सुनिश्चित गरिनेछ । हस्तलिखित पत्र आदान प्रदानलाई निरुत्साहित गरी कम्प्यूटरबाट प्रशासनिक काम गर्ने परीपाटी अपनाइनेछ । गाउँपालिाकाको वन्ने नयाँ भवनलाई प्रविधि मैत्री र अपाङ्ग मैत्री वनाइनेछ ।
ड्ड वडाकार्यालय, विद्यालय, स्वास्थ्य केन्द्र, कृषि केन्द्र तथा अन्य सरकारी कार्यालयसँग इन्टरनेट लिंकअप गरी सार्वजनिक सेवा प्रवाह गर्ने र सो को अनुगमन गरिनेछ ।
ड्ड कर्मचारीको विद्युतिय हाजिरीको उपयोग गरी कार्यसम्पादनमा नियमितता कायम गरिनेछ । मोबाइल मार्फत सम्पूर्ण गतिविधिको जानकारी गराइनेछ ।
ड्ड जि.पि.एस. को समेत आधार लिई भिलेज प्रोफाईल तयार गरिनेछ र गाउँपालिकामा हुने अवैध गतिविधि नियन्त्रण तथा गाउँपालिका अन्तर्गत हरेक गतिविधिको जानकारी गराउने व्यवस्था मिलाइनेछ ।
ड्ड सूचना प्रविधिको उच्चतम उपयोग गरी ई–गर्भन्मेन्ट अन्तर्गत आई.सि.टि. सेन्टर, डिजिटल नोटिस बोर्ड, विषयगत क्षेत्रका सफ्टवेर निर्माण गरी कार्यन्वयन गरिनेछ । सूचना प्रविधि सम्बन्धि तालिमहरु संचालन गरिनेछन् ।
ड्ड एफ.एम. रेडियो संचालन गर्ने कार्य अघि बढाईनेछ ।
ड्ड पत्र संचारलाई सुधार गर्न हुलाक सेवालाई सामयिक सुधार गरिनेछ ।
१७.यूवा तथा खेलकूद
ड्ड यस गाउँपालिकाका वालवालिका तथा युवाहरुको शारिरीक तथा मानसिक विकास गरी एक अनुशासित नागरिक तयार गर्ने नीति लिइनेछ । केन्द्रिय सरकारको सहकार्यमा रंगशाला खेलमैदान निर्माण, युवा क्लव र सयरको लागि पार्क निर्माण गर्ने नीति लिइएको छ ।
ड्ड गाउँपालिका भित्र र बाहिरका युवाहरु माझ विभिन्न खेलमा प्रतिस्पर्धा गराउने र सो को लागि आवश्यक वजेटको व्यवस्था गरिनेछ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र खाँडादेवी गाउँपालिकाको साझेदारीमा प्रत्येक वडामा युवा क्लव गठन गरी खाँडादेवी नमूना युवा कार्यक्रम संचालन गरिनेछ ।
ड्ड ूखाँडादेवी गाउँपालिका कपूको आयोजना गरिनेछ । विभिन्न खेलहरुको अन्तर वडा स्तरीय, गाउँपालिका स्तरीय र अन्तर गाँउपालिका स्तरीय प्रतिस्पर्धाको आयोजना गरिनेछ ।
१८.सामाजिक सुरक्षा
ड्ड जेष्ठ नागरिक, एकल महिला, अपांङ्गता भएका व्यक्ति, लोपोन्मुख आदिवासी जनजातिहरुले पाउने सा.सु. भत्ता बैंक मार्फत समयमा नै उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
ड्ड वृद्धहरुलाई स्थानीय सरकारले दिने संरक्षणको अतिरिक्त सन्तानले अनिवार्यरुपमा हेरचाह गर्नुपर्ने नीति अवलम्बन गरी अनुगमन कार्य अघि बढाइनेछ ।
ड्ड सामाजिक सुरक्षाको दायरामा रहेका कुनैपनि व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था मिलाइनेछ ।
ड्ड जेष्ठ नागरिकको सम्मान गर्ने व्यवस्था मिलाइनेछ । सार्वजनिक यातायातमा निजहरुले पाउने सहुलियत लागू गर्न सम्बन्धित यातायात व्यवसायीसँग समन्वय गरिनेछ । निजहरुको अनुभव साटसाट गर्ने कार्यक्रम संचालन गरिनेछ ।
१९.न्यायिक समिति
ड्ड यस गाउँपालिकाको न्याय सम्पादनलाई प्रभावकारी वस्तुनिष्ठ, कानूनसंगत रुपमा अघि बढाउन वडामा रहेका मेलमिलापकर्ता, सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधहरुको क्षमता विकासको कार्यक्रम संचालन गर्ने नीति लिइनेछ ।
ड्ड भुकम्प पिडित, तथा अन्य अवस्थाबाट जोखिममा परेका नागरिक तथा किशोरकिशोरीहरुलाई गै.स.स.को सहकार्यमा सिप तथा मनोसामाजिक परामर्श उपलब्ध गराइनेछ ।
ड्ड न्यायिक समितिको कार्य तथा न्याय सम्पादनको कार्यविधि सम्बन्धमा क्षमता विकास गर्न न्यायिक समितिका सदस्य तथा सम्बन्धित कर्मचारीहरुलाई विभिन्न अदालतमा गई कार्यसम्पादनको अध्ययन अवलोकन गरी क्षमता विकास प्रभावकारी वनाउने नीति लिइनेछ ।
२०.वित्त तथा राजश्व
ड्ड सवै ग्रामवासीको खाता खोल्ने अभियान संचालन गरिने छ । साथै वडाबाट असुल भएको राजश्व बढीमा ३ दिन भित्र संचित खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ ।
ड्ड सहकारी संस्थाको दर्ता, लेखापरीक्षण संचालन, अनुगमन प्रभावकारी बनाइनेछ ।
ड्ड आगामी आ.व.०७५÷७६ देखी घरजग्गामा सम्पति कर लागू गरिनेछ । सम्पति कर लगाएपछि मालपोत (भूमिकर) लगाइनेछैन ।
ड्ड पालिकाले विद्यमान कर तथा गैर कर राजश्वको दरमा वृद्धि नगरी दायरा फराकिलो पार्ने नीति लिइएको छ । कर लगाईने क्षेत्रहरुको पहिचान गरी करको दायरा बढाइनेछ ।
ड्ड राजश्व असुलिलाई प्रभावकारी वनाउन राजश्व प्रशासनको क्षमता विकास गरिनेछ ।
ड्ड आगामी आ.व.०७५÷७६ मा गिट्टिी, वालुवा, ढुङ्गाको उत्खनन तथा निकासीबाट उठ्ने आन्तरिक स्रोतलाई राजश्व संकलनको मुख्य क्षेत्र मानी आवश्यक व्यवस्था मिलाईने नीति लिइनेछ ।
२१.योजना कार्यक्रम तथा वजेट
ड्ड संघीय तथा प्रदेश सरकारबाट प्राप्त समानीकरणको निश्चित वजेट विविध विषय अन्तर्गत पालिकाका वडाहरुको योजना तथा कार्यक्रममा वाँडफाँड गरिने छ ।
ड्ड वाँडफाँडको आधार वडाको जनसंख्या, गरीवी, पिछडिएको वर्ग क्षेत्र तथा भूगोलको आधारमा गरिने छ । वितरणको वस्तुगत आधार जनसंख्या लाई ८० प्रतिशत भार तथा अन्यमा २० प्रतिशत भार प्रदान गरी योजना प्राथमीकरण तथा छनोट गरिने र सोही आधारमा सिलिङ तय गरिनेछ ।
ड्ड अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन क्षेत्रगत आवधिक तथा रणनीतिक योजना तर्जुमा गरी पालिकाको आर्थिक, सामाजिक विकासलाई योजनाबद्धरुपमा अगाडि बढाइनेछ ।
ड्ड गाउँपालिकाको गुरु योजना, भवन आचार संहिता तर्जुमा, सडक तथा शहर गुरुयोजना, भिलेज प्रोफाईल तर्जुमा गरी लागू गरिनेछ ।
ड्ड गाउँपालिका अन्तर्गत सडक स्तरोन्नति तथा ठूला पूर्वाधारको निर्माण गर्दा प्रतिष्पर्धाको आधारमा ठेक्कामा लगाई कार्यसम्पन्न गर्ने नीति लिइनेछ ।
ड्ड उपभोक्ता समितिबाट सम्पन्न गर्ने योजना तथा कार्यक्रमलाई व्यवस्थित तुल्याइनेछ । उपभोक्ता समितिको क्षमता विकासमा जोड दिई समितिबाट हुने स्रोत साधनको चुहावट तथा दुरुपयोग नियन्त्रण गरिने छ ।
ड्ड पालिका स्तरीय महत्वका ठूला योजना तथा कार्यक्रम र आयोजानाहरुको नतिजामूलक अनुगमन गर्न गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा योजना कार्यन्वयन निर्देशक समिति गठन गरी योजना तथा आयोजनाको कार्यान्वयनलाई थप व्यवस्थित र जिम्मेवार बनाइनेछ ।
ड्ड सार्वजनिक खर्च आय, वजेट तथा योजना कार्यक्रमलाई सूचना प्रणालीमा आवद्ध गरी अर्थ मंन्त्रालय, प्रदेश मन्त्रालय, को.ले.नि.का., म.ले.नि.का. सँग आवद्ध गरिनेछ ।
ड्ड गाउँपालिका अन्तर्गत संचालित योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन, निरिक्षण गर्न तथा पालिकाको दैनिक कार्य संचालन गर्न आवश्यक पर्ने सवारी साधनको व्यवस्था मिलाइनेछ ।
२२.सुशासन तथा प्रशासन
ड्ड सदाचार युक्त पद्धतिको विकास सुनिश्चित गर्न सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, नागरिक वडापत्र र प्रविधि मैत्री प्रशासनमा जोड दिइनेछ । खर्चको सार्वजनिकीकरणलाई नियमित तुल्याउनेछ ।
ड्ड अनुगमनका निश्चित वस्तुगत सूचकांक समावेश गरी अनुगमन फाराम तयार गरी योजना कार्यक्रमको अनुगमन प्रभावकारी, तथ्यगत एवं सहभागितामूलक बनाइनेछ ।
ड्ड हरेक वर्ष पालिका अन्तर्गत उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरष्कृत गरिनेछ ।
ड्ड पालिकाको नयाँ वन्ने भवनमा वस्तु तथा सेवाको प्रवाह सूचना कम्प्यूटर मार्फत गरिनेछ ।
ड्ड क्षमता विकास सम्बन्धि क्षेत्रगत कार्यक्रममा गै.स.स.सँग सहभागिता र सहकार्य गरिनेछ । हरेक गै.स.स.ले सम्पादन गरेका कार्यहरुको सार्वजनिक सुनुवाई गरी जनअनुमोदन गर्ने व्यवस्था मिलाइनेछ ।
ड्ड यस गाउँपालिकाको अत्यधिक कार्यचाप र न्यून जनशक्तिलाई मध्यनजर गरी राष्ट्रसेवकले कार्यालय समय बाहेक तथा विदाको दिन अतिरिक्त समयमा काम गरेवापत अतिरिक्त सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यसको लागि आवश्यक कार्यविधि र मापदण्ड बनाई लागू गरिनेछ ।
ड्ड कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम तथा अभिमुखिकरणमा जोड दिइनेछ ।
ड्ड जनप्रतिनिधि र राष्ट्रसेवक वीचको असल सम्बन्ध निर्माण गर्न समय समयमा खेलकुद, अन्तरकृया, गोष्ठी संचालन गरिनेछन् ।
ड्ड वडामा कार्यरत प्राविधिक सहायकको तलव भत्ता तथा अन्य सुविधा उक्त पदको सेवा करारले पाउने सुविधा सरह उपलब्ध गराइनेछ ।
ड्ड पालिका तथा वडाकार्यालयहरुमा रहेका जिन्सि सामानहरुको संरक्षण संवद्र्धन गर्न सफ्टवेर निर्माण गरी सूचना प्रणालीमा आवद्ध गरी अध्यावधीक अभिलेख तयार गरिनेछ । सरकारी सम्पतिको दुरुपयोग रोक्न आवश्यक नियन्त्रणको व्यवस्था मिलाइनेछ ।

सभाका अध्यक्ष महोदय,
यो नीति तथा कार्यक्रम तर्जुमा गर्दा मार्गदर्शन गरी सहयोग गर्नुहुने सर्वसाधारण नागरिक, वुद्धिजिवी, समाजसेवी, संघीय तथा प्रदेश सरकारको मार्गदर्शन, जनप्रतिनिधिहरुको मौखिक एवम् लिखित सुझाव राष्ट्रसेवक कर्मचारी लगायत सबैको सहयोग, मेहनत र प्रेरणा प्रति आभार प्रकट गर्दछु । यो नीति तथा कार्यक्रम र यस अन्तर्गत तर्जुमा हुने वजेट कार्यन्वयनमा सबै पक्षको पूर्ण सहयोग रहने अपेक्षा गरेको छु ।
जय खाँडादेवी
धन्यवाद

भिडियाे हेनुहाेस

प्रतिक्रिया दिनुहोस्