‘आमालाई बचाउन सकिन, धेरैलाई बचाउन अस्पताल बनाए’



वुद्ध धर्म हाम्रो भुमि नेपालबाट सुरू भएकोमा निकै गौरवान्वित हुदै लोकलाई बुझ्ने हेतुले छिमेकी राष्ट्र भारतको दक्षिण भागमा अवस्थित शेरजे मोनास्ट्री युनिभर्सिटी डणरी खाम्चेन वैगुलेरमा २० वर्षसम्म निरन्तर वुद्धिष्ट फिलोसोपी अध्ययन गरे । तर विडम्बना ! अध्ययनको दैरानमा अकस्मात मोरी आमा यस लोकबाट विदा हुनुभयो । हरेक सन्तानको लागि यस्तो खबर जीवनकै हृदय विदारक हुने गर्दछ र मेरो लागि पनि त्यही भयो ।

मेरी आमा अति दुर्गम, अति विकट तथा ग्रामिण ठाउँमा बसोवास गरेकै कारण सामान्य स्वास्थ्य उपचार समेत नपाएको कारण तथा ब्लड पे्रसर मापन गर्ने व्यवस्था नभएकोले पे्रसरको समस्याले गर्दा उहाँले अमुल्य ज्यान गुमाउनु परेको थियो । यही दुःखत घटनाले मलाई पे्ररित बनायो । मेरी ममतामयी आमाको पार्थिप शरीर अघि बसेर आमालाई वचन दिए, आमा ! तपाईले मलाई यति सुन्दर जीवन दिनुभयो ।

विमानसिं तामाङ

 

धर्मगुरु,समाजसेवी एवं सुनापती भ्वाँसा च्यारिटी मेडिकलका सञ्चालक

तर मैले वदलामा तपाईको जीवन बचाउन सकिन । तर पनि तपाई जस्तै लाखौ आमाहरmको जीवन बचाउनको लागी तपाइलाई जीउनी राखेको तपाईको जग्गामा हस्पिटल खोल्ने छु । आमालाई दिएको वचन अनुरुप अनेक मिहेनत संर्घष र दुःखको फलस्वरmप हस्पिटल स्थापना गर्न सफल भए । यो सफलताले मलाई अझै सेवामा नै समर्पित हुन पे्ररित गर्योे । यस अर्थमा आफुले क, खको थालानी गरेको विद्यालयमा अध्ययनरत कमजोर आर्थिकस्थिति छात्रा छात्रहरूलाई पटक– पटक कपी,पेन,पेन्सील, ब्याग,ड्रेस तथा चामल लगायतका सामानहरm विवरण गरि दिए ।

जसले मलाई हरतरहका दुःख झेल्न महसुश गर्न र सामना गर्न सिकाइरहेको थियो । त्यस पश्चात २०७२ को विनाशकारी भुकम्पका कारण घरभित्र बस्न नहुने स्थितिमा स्वास्थ्यलाई मध्यनजर गर्दै वृद्धा,अपाङग,गर्भवती,सुत्केरीलाई विषेश प्रथामिकता राखी तत्कालिन बेथान गाविसको सबै वडालाइ वितरण गरियो । त्यसैगरी हाम्रो गाउँको अपाङगहरmलाई नजिकबाट नियालिरहेको थियौ । जो बाहिर भित्रसम्म पनि गर्न नसकिने अवस्थामा हुनुहुन्थ्यो । उहाँहरुकोस्थिति साह्रै नै कष्टप्रद छ । स्वास्थ्यस्थिति हरेक व्यक्तिको मन रmवाउने छ । यो स्थितिलाई मध्यनजर गरी सुनापती गाउँपालिका–४ को सम्पूर्ण अपाङ्ग मित्रहरmलाई एक÷एक थान ह्वीलचियर वितरण गरे । सिङ्गो समुदायको स्वास्थ्य परिस्थितीलाई लक्षित गरी पटक–पटक निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरे । हालसम्म चार हजार भन्दा धेरैले निशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भइसक्नुभएको छ । जुन कामले मलाई निरन्तर रुपमा उर्जा थपिरहेको छ । साथै महाभूकम्प पश्चात विभिन्न भू्–ूभागमा पिउने पानीको संकट उब्जेको थियो । अहिले पनि कायमै छ ।

पिउनी पानीको संकटले गर्दा झण्डै नै विस्थापित हुन लागेको सुनापती गाउँपालिका–४ को जुगेपानी तथा खन्जाको ५६ घर परिवार निकै मर्माहत थिए । दुखित थिए । खानेपानीको समस्याको कारण चिन्चित पनि थिए । जुन म स्वयमले झेलेको महशुस गर्दै सुनकोसीबाट पिउने पानी ओसारी प्रत्येक घरलाई वितरण गरिदिए ।

जुन निकै कष्टप्रद थियो । तर पनि ती ठाँउको स्थानीयको अनुहारमा छाएको हर्षले मनमा पे्ररणा मिल्थ्यो । अझै केही गर्नु छ । यसरी काम गर्ने शिलशिलामा हालै आएर सुनापति गाँउपालिका–४ वेथानको शिरानटोलको ८५ घर धुरीले पीउने पानीको संकटरलाई न्यूनिकरण गरिदिनु भनी गरेको अनुरोधलाई यसै महिना असार २० गते भित्र त्यस वस्तीलाई पानी वितरण गर्ने लक्ष्य अनुरूप काम अगाडि बढाइएको छ ।

हाम्रो समुदायलाई निःशुल्क स्वास्थ्य उपचार दिनु पर्छ भन्ने सुनापति स्वाँसा च्यारिटी मेडिकलको मुल लक्ष्य रहेको छ । त्यसै लक्ष्य मुताबिक हाललाई हामीले विभिन्न विद्यालयलाई निशुल्क स्वास्थ्य उपचार गर्ने उदघोष गरे अनुरूप श्री कुशेश्वर उच्च माध्यामिक विद्यालय वेथान र श्री कृष्णपुरी माध्यामिक विद्यालय रूपाकोटको विद्यार्थीहरmलाई निशुल्क स्वास्थ्य उपचार दिने वचन दिएका थियौ । सो अनुरुप काम पनि गरिसकेका छौ । त्यसैगरी थप अरु विद्यालयलाई दिने क्रममा पनि छु । तर्सथ म एउटा पुल हु । जसले वारी र पारीलाई सहज यात्राको काम गर्दै छ ।

जसले मैले गरेको कामको सकरात्मक महशुस गरे ती व्यक्तिबाट हमेशा बोलीले भए पनी प्रेरणा पाए । तर यदि व्यक्ति भित्र नकरात्मक पक्ष छ भने कहिले पनि अरmलाई राम्रा देख्न सकिन्न । हामीले गरेको कामहरmको नराम्रा पक्षहरm पनि हुन सक्छ । यसलाई औल्याइ दिनु भएमा हाम्रो यात्रा सकरात्मक विन्दुतिर मोड्न सहज हुनेछ । अन्तमा मैले मेरो जीवनको यात्रामा जे जति गरिरहेको छु । यी सवै श्रेय मेरो आदरणिय माता पिता, आदरणीय दाजु कमान सिं तामाङ तथा आदरणीय गुरूलाई समर्पित गर्न चाहान्छु । उहाँहरुले दिनुभएको असिम माया, स्नेहर, प्रेरणा, शिक्षा आर्शिवादप्रति म हमेशा आभारी छु साथै मलाई निरन्तर साथ दिनुहुने सम्पूर्ण मित्रहरmमा धेरै कृतज्ञयता व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्