नागढुङ्गा नाकाबाट ३ किलो सुन सहित ५ प्रकाउ



रोसन दानी
१६ असार, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिवार नागढुङ्गा नाकाबाट ३ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालीका–२ नागढुङ्गाबाट ३ किलो सुन नियन्त्रणमा लिएको हो ।

सुनसँगै जिल्ला चम्पावत वडा नम्वर ३ वस्ने वर्ष १९ को दिपक कुमार मौर्य भारतिय नागरिक ,जिल्ला महेन्द्र नगर भिमदत्त नगरपालिका वडा नम्बर ६ वस्ने २३ को मनोज विक २ जना पक्राउ परेका छन् ।

काठमाडौंबाट भारततर्फ सुन लाने क्रममा नागढुङ्गा प्रहरी प्रभागको प्रमुख केशवराज भट्ट नेतृत्वको टोलीले ३ किलो सुन सहित उनिहरूलाई नियन्त्रण गरिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले वताए ।

उनीहरुले भारतीय मारूती सुजुकी अल्ट्रो युकेको गाडीको एयरफिल्टरमा लुकाईछिपाई लादै गर्दा ३ किलो सुन वरामद गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।

उत्त गाडी पटक–पटक सुन तस्करी प्रयोग भई भारत निकासी भइसकेको प्रहरी आशंका छ । संगठित अपराधका रुपमा सुन तस्करी भएको प्रहरीको भनाइ छ ।
वरामद सुन र सुन तस्करका लागि नागढुङ्गावाट महानगरीय प्रहरी वृत्तमा थप अनुसन्धानको लागि पठाईएको छ ।

नागढुङ्गा प्रहरीले सुन सहित दुई प्रकाउ गरेपछि थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । सुन तस्करीमा संलग्न थप तीन जना होटल एल्लो प्यागोडाबाट पक्राउ गरिएकाे हाे । प्रकाउ पर्नेमा सजना साह, अशोककुमार र समरमोहन जोशी रहेकाे स्राेतले वताएकाे छ । थप अनुसन्धान पछि प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी दिने तयारी गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्