थानकोटमा फेरि समातियो ६ किलो सुन



रोशन दानी
१७ असार, काठमाडौं । प्रहरीले ६ किलो अवैध सुनसहित आइतबार काठमाडौंको थानकोटबाट एक जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा बेलुका ७ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । नियमित चेकजाँचको क्रममा सुन भेटिएको प्रहरीले जनाएको छ । चीनको केरुङ नाकाबाट मोटरसाइकलमा ल्याउँदै गरेको सुन प्रहरीले फेला पारेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख केशव राज भट्टको टोलीले ६ किलो अवैध सुनसहित एक जना लाई प्रक्राउ गरेको हो ।


विशेष सूचनाको आधारमा बेलुका ६ः४५ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । नियमित चेकजाँचको क्रममा सुन भेटिएको प्रहरीले जनाएको छ ।

चीनको केरुङ नाका रसुवा बाट मोटरसाइकलमा ल्याउँदै गरेको सुन प्रहरीले फेला पारेको हो ।महानगरीय प्रहरी प्रभाग नागढुङ्गालले शनिबार ३ किलोसुनसहित ५ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्