गल्कोट समाजद्धारा निर्मित विद्यालय भवन हस्तान्तरण



१७ असार, रामेछाप ।
रामेछाप जिल्लाको सुनापती गाउँपालिका–१ गुन्सीस्थित धारापानीमा नव निर्मित विद्यालय भवन हस्तान्तरण भएको छ । गल्कोट समाज जापानको आर्थिक सहयोगमा निर्मित श्री जागृत आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको हो ।


कार्यक्रममा प्रमुख अतिथि गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले सबैको सहयोगले विद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग गर्न सफल भएको बताए ।
विद्यालय भवन निर्माण गर्नको लागि भूमिका निर्वाह गरेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य युवराज चौलागाईले विद्यालय भवन निर्माण गर्न सहयोग गर्ने समाजलाई धन्यवाद ज्ञापन गरेका थिए ।


२५ लाख रुपैयाँ आर्थिक सहयोगमा श्री जागृत आधाभुत विद्यालय निर्माण भएको थियो । कार्यक्रममा विद्यालयको तर्फबाट सहयोगीहरूलाई मायाको चिनो प्रदान गरेको थियो ।

उक्त कार्यक्रममा समाजका अध्यक्ष थापालाई नेता चौलागाईले सम्मान पत्र प्रदान गरेका थिए । भवन निर्माण समितिका अध्यक्ष नवराज मोक्तानले सबैको सहयोगबाट विद्यालय निर्माण हुन निकै राम्रो विषय भएको बताए ।

कार्यक्रममा सुनापती गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष राजु चौलागाईले वडाभित्र सञ्चालिन विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने अभियान अगाडि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्