फेरिदै रामेछापको मुहारः ११ वटा अायोजनाको डिपीआर हुँदै



२० असार, रामेछाप ।
रामेछाप जिल्लामा विकास निर्माणको कामले गति लिने भएको छ । रामेछाप प्रदेशसभा २ बाट निर्वाचित सांसद समेत रहेका प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेलले जिल्लाको विकास निर्माणको आयोजनाहरुलाई उच्च प्राथमिकता दिएका छन् ।

यस आर्थिक बर्षमा मात्र ११ वटा आयोजनहरुको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार हुने भएको छ । प्रदेश नम्बर ३ को बजेटमा ११ वटाको डिपिआर निर्माण गर्ने विषयमा बजेट विनियोजन भएको छ ।

खिम्ती– अम्बास पक्की पुल, गाईखुरा–चिसापानी–रिठ्ठे–बाङ्गेसल्ला सडक, गोल्पा– दोरम्बा– टोकरपुर सडक स्तरउन्नती, देवीटार–दोरम्बा–कोइलीबगर सडकको अधेरीखोला पक्की पुल, भुत्याहा खोला–कठजोर सडक, मन्थली पनौरी–मन्थली ठेडी खोला पक्की पुल, रोक्तरी–सानो मिल्ती सडक, सित्खा खाँडादेवी अग्लेश्वरी सैलुङ्ग (खोलाखर्क) केबुलकार, सुनापती गाउँपालिका एकीकृत खानेपानी आयोजना, सुनारपानी–भैरवी मावि–भ्यागुरे सिरान, वसीटोल सडकको डिपीआर हुने भएको छ । जसको लागि प्रदेश ३ को सरकारले बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्