रामेछापको बाम्ती भण्डारमा सडकको कन्तबिजोग, के गर्दै छन जनप्रतिनिधिहरू ?



२१ असार, रामेछाप ।
निर्वाचनको क्रममा गाउँगाउँमा विकासको मुल फुटाउने भाषणले गरेका जनप्रतिनिधिहरुलाई विकास निर्माणको काम गराइले गिज्याउन थालेको छ । सिंहदरवारको अधिकार गाउँगाउँमा आइपुगेको भनिएता पनि जनप्रतिनिधि आएको एक बर्ष वितिसक्दा समेत नागरिकहरुले परिवर्तनको महशुस गर्न सकेका छैनन् । जनप्रतिनिधिहरु आएपछि गाउँगाउँमा डोजर दौडिएका छन । तर सडकको अवस्थामा सुधार आउन सकेको छैन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्ती भण्डारमामा विगत १२ बर्ष अघि यातायात सञ्चालन भएको सडकको अवस्थाले जनप्रतिनिधिहरुलाई व्याङग्य गरिरहेको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले सडकको स्तरउन्ततीको सुधार गर्न पर्याप्त ध्यान नदिदा यहाँका बासिन्दा पैदल हिडन बाँध्य भएका छन् । सडक भएर पनि अहिले बाम्ती भण्डारका नागरिकहरु पैदल हिडनबाँध्य छन् ।

गाडी चडनको लागि शिवालसम्म धाउनु पर्ने अवस्था भएको भन्दै जनप्रतिनिधिहरुसँग नागरिकहरु रुष्ट भएका छन् । गाउँपालिकाका जनप्रतिनिधिहरुले पटक–पटक सडक निर्माण गर्ने प्रतिबद्धता जनाए पनि अहिले यातायात सञ्चालन हुन सकेको छैन् ।

तस्बीरः जीवन घतानी

प्रतिक्रिया दिनुहोस्