अब गाउँगाउँमा युवा उद्यमशील कार्यक्रम लैजान्छौः ढुंगेल



२१ असार, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रत्येक शिक्षण संस्थाः एक उद्यम तथा एक वडाः एक उद्यमको योजना अघि सारिएको बताउनुभएको छ ।

जिल्ला युवा समिति काठमाडौँले विहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले १६ देखि २४ वर्षका युवालाई व्यावसायिक सीपका माध्यमबाट योग्य बनाउनका लागि परिषद्ले एकद्वार प्रणालीअनुरूप युवा उद्यमशीलताका कार्यक्रमलाई हरेक वडा र पालिकासम्म लैजाने बताउनुभएको हो ।

जिल्ला युवा समिति काठमाडौँका अध्यक्ष निरेशलाल सिंहले बेरोजगार युवालाई डकर्मी, सिकर्मी, कपाल कटाइ, फर्निचरलगायत विधामा अभिरुचिअनुसार तालीम उपलब्ध गराई व्यावसायिक बनाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्