रामेछापको विकास गर्न प्रतिबद्ध छुःमन्त्री ढुंगेल



२२ असार, रामेछाप ।
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास निर्माणमा आफूले सक्दो काम गर्ने बताएका छन् । रामेछाप प्रदेश सभाका सांसद समेत रहेको अर्थ मन्त्री ढुंगेलले रामेछापको विकासको लागि जिल्लाका महत्वका सडक तथा सित्खा, खाडाँदेवी, अग्लेश्वरी, सैलुङ् केवुलकार लगायतका योजनाको लागि बजेट विनियोजन गरिएको बताए । उनले भने,‘अब काम गर्छु भन्नेलाई पैसाको खाँचो हुदैन ।’


शुक्रवार रामेछापको सदरमुकाम मन्थलीमा अयोजित मन्थली नगरपालिकाको तेस्रो नगर सभालाई सम्बोधन गर्दै मन्त्री ढुंगेलल विगतमा जस्तो अब राजनीतिक दलका नेता वा जनप्रतिनिधिको मिलेमतोमा योजना बनाई आफ्ना मान्छेलाई उपभोक्ता समिति बनाएर पैसाको दुरुपयोग गर्ने दिन गएको बताए ।

उनले भने,‘उपभोक्ता समितिमा बस्ने हो भने निवार्चित निकाय र राजनीतिक दलमा रहेका पदबाट राजिनामा दिएर उपभोक्ता समितिमा बस्नु पर्छ ।’ मन्त्री ढुंगेलले नेपालको इतिहासमा नै पहिलो पटक ३ नं प्रदेश सरकारले आफ्नो कुल खर्चको ६१ प्रतिशत रकम विकास बजेटमा खर्च गर्ने गरी बजेट ल्याएको बताउदै सरकारको चालु खर्च ३९ प्रतिशत मात्र रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्