रामेछाप मन्थली नगरपालिकाकाे बजेट ६५ करोड



२२ असार, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि ६५ करोड रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रवार नगर सभामा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार वस्नेतले मन्थली नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले करिब ६५ करोड रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाले राजश्व परिचालन नीति, सार्वजनीक सेवा तथा क्षमता विकास नीति, सामाजिक विकास नीति, विद्युतीकरण, बजार विस्तार, पर्यटन पूर्वाधार, अनुगमन तथा मुल्याङ्कन, आर्थिक विकास, वातावरण संरक्षण तथा विपद व्यवथापन, फोहोर मैला व्ययःथापन, वन संरक्षण लगायतका विभिन्न नीति तथा कार्यक्रमहरु सभामा पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
y4YcPNbnc, qpL9lbE1, AYSKPV, L1szD2AC25T5, RTfyOh, xMLHMO4hJ9, q4bm, yjStyi5NS97, w58yuU5YdGC, bJgoQN