विद्यालयमा कांग्रेसको राजनीतिः विद्यार्थीलाई नेविसघंको झण्डा सहितको कापी



२२ असार, रामेछाप ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौलागाईले विद्यालयमा सहयोगको नाममा राजनीतिक सुरु गरेका छन् । विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरण गर्ने नाममा चौलागाईले आफूलाई समाजसेवी देखाउन नेविसंघको झण्डा रहेको कापी र आफ्नै नाममा झोला छपाएर वितरण गरेका हुन् । विद्यालयमा राजनीति गर्न नपाइने भएपनि गाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको गरिबीको फाइदा उठाउदै चौलागाईले समाजसेवाको नाममा विद्यार्थीहरुलाई पार्टीको झण्डा सहितको कापी वितरण गरेको खुलेपछि सर्वत्र आलोचना सुरु भएको छ ।


समाजसेवाको नाम दिदै रामेछापको विभिन्न विद्यालयमा महाधिवेशन प्रतिनिधि भरत चौलागाई र विनिता खडकाले अभ्यास पुस्तिका र झोला वितरण गर्दै हिडेका छन् । अवोध विद्यार्थीहरुको भावनासँग खेलवाड गर्दै चौलागाईले आफ्नै नाम सहितको झोला वितरण गरेका छन् ।

रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमास्थित जलेदवी मा.वि. मा कांग्रेसका महाधिवेशन प्रतिनिधी भरत चौलागाई र विनिती खड्काले संयुक्त वितरण गरेको कापी र झोलामा नेविसंघको झण्डा र झोलामा भरत चौलागाईको नाम राखेको पाइएपछि अभिभावकहरुले आपत्ति जनाएका छन् ।
जलदेवीमा कक्षा १ देखि १० सम्म अध्ययनरत २११ जना विद्यार्थीलाई वितरण गरिएको उक्त अभ्यास पुस्तिकामा नेपाली कांग्रेसको सैद्धान्तिक नाराहरु लेखिएको छ ।

महाधिवेश प्रतिनिधी चौलागाई र खड्काले कापी र झोला वितरणको नाममा विद्यालयमा राजनीति सुरु गरेको आरोप अभिभावकहरुले लगाउन सुरु गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएकी विनिता खड्का तत्कालिन नेकपा माओवादी केन्द्रसँग पराजित भएकी थइन । केही समय अघि सुनापती गाउँपालिका–५ खनियापानीमा रहेको कृष्णपुरी माविलाई सिसी क्यामेरा वितरण गर्ने हेलिकोप्टर चढेर महासमिति सदस्य चौलागाई, खड्का सहितको टोली गएको थियो । शैक्षिक सामाग्री वितरण गर्नको लागि चौलागाईले केन्द्रीय नेताहरुलाई लैजाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्