दोरम्बा गाउँपालिकाको बजेट ४५ करोड, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठसहित)



२७ असार, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । चौथो गाउँसभाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ को लागि ४५ करोड ५२ लाख ३४ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले संघ र प्रदेशबाट आएको शसर्त अनुदान सहित ४५ करोड ५२ लाख ४३ हजार रुपैयाँ बजेट पेश गरिएको बताए ।

नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाले सडक, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खानेपानी, भौतिक पूर्वाधार लगायतको क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले रामेछाप न्युजलाई बताइन ।


गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार संरचना निमार्ण, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत क्षमता विकास तथा सेवा प्रवाह, वित्तिय व्यवस्थापन तथा सुशासन विषयगत क्षेत्रहरुमा विभिन्न कार्यक्रम सञ्चालन गरि “सक्षम, सभ्य र समृद्ध दोरम्बा गाउँपालिका” निमार्ण गर्नका लागि प्रदेश तथा संघिय सरकार, सम्बन्धित सरकारी कार्यालय, गैरसरकारी संघसंस्था, परियोजना, दाता निकायहरुसँग सहकार्य गर्ने नीति लिएको छ ।

हेर्नुहोस नीति कार्यक्रमको पूर्णपाठ

दोरम्बा गाउँपालिका
आ.व. २०७५÷०७६
को
नीति तथा कार्यक्रम

आजको यस गाउँ सभाको प्रमुख अतिथि ३ नं. प्रदेशको माननिय आर्थिक मामिला तथा योजना मन्त्रीश्री कैलाश प्रसाद ढुङ्गेल ज्यू, दोरम्बा गाउँकार्यपालिकाको उपाध्यक्ष, सदस्यहरु, गाउँ सभाका सदस्यहरु, कर्मचारी मित्रहरु, पत्रकार बन्धुहरु, सुरक्षा निकायका प्रतिनीधि, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनीधि र उपस्थित महानुभावहरुमा हार्दिक न्यानो अविभादन टक्रयाउन चाहन्छु ।
केन्द्र र प्रदेश तहको निर्वाचन पश्चात मुलुकमा स्थायी सरकार गठन भई संघीय संविधानको पूर्ण कार्यन्वयनगर्ने क्रममा दोरम्बा गाउँपालिकाको अध्यक्षको हैसियतले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउदा गौरव अनुभूती गरेको छु । आजको यस महत्वपूर्ण घडीमा संघीय गणतन्त्र ल्याउनका निम्ति महान जन युद्ध र जन आन्दोलनमा आफ्नो प्राणको आहुती दिने वीर सहिदहरु प्रति श्रद्धाञ्जली र घाइते अपाङ्ग प्रति उच्च सम्मान व्यक्त गर्दछु ।
अघिल्लो आर्थिक वर्षमा नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन नभएको महसुस गर्दै यस आ.व. मा यसै नीति तथा कार्यक्रमको शिर्षक अनुसार बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु । यो विशेष परिस्थितिमा हाम्रो सामु थुप्रै संभावना र चुनौतीहरु छन्, ती चुनौतीहरु सामना गर्दै अगाडी बढ्न सक्यौ भने हाम्रा सामु चुनौती मात्र होइन दोरम्बा गाउँपालिकालाई समृद्ध र देशकै नमुना गाउँपालिका बनाउन सक्ने थुप्रै संभावना रहेको छ । यति खेर यो संभावनालाई पछ्याउदै अगाडी बढ्यौ भने निश्चित रुपमा दोरम्बा गाउँपालिकालाई समृद्ध बनाउन सक्ने कुरामा दृढ विश्वास व्यक्त गर्न चाहन्छु । यस गाउँपालिका भित्र रहेका समृद्धिका अपार संभावना बोकेका खनिज, जडीबुटी, कृषि, वन, पर्यटन जस्ता क्षेत्रमा लगानी गरी जनताको आर्थिक तथा सामाजिक स्तर वृद्धि विकासमा टेवा पु¥याउने कुरामा विश्वास लिएको छु ।

सभाका सदस्यहरु
दोरम्बा गाउँपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को नीति तथा कार्याक्रम बुदाँगत रुपमा पेश गर्न चाहन्छु ।
विषय क्षेत्रगत विकास नीति
१) पूर्वाधार क्षेत्र विकास नीति
क) सडक तथा पुल ः
१) यस गाउँपािलकाले विकासको पहिलो खुट्किलोको रुपमा सडकको विस्तार र विकासलाई महत्वको साथ प्राथमिकता दिइएको छ । जसमा पहिलो प्राथमिकतामा गाउँपालिका केन्द्रबाट राजधानी जोड्ने सडक, दोस्रो प्राथमिकतामा गाउँपालिकाबाट जिल्ला सदरमुकाम जोड्ने सडक र तेस्रो प्राथमिकता गाउँपालिका भित्रका सबै वडाबाट गाउँपालिका केन्द्र जोड्ने सडक, शैलुङ्ग क्षेत्र घुम्ती पर्यटन सडकहरुलाई गाउँपालिका स्तरिय सडक गुरु योजना ९च्ःत्एः० निर्माण गरी विस्तार र विकास गर्न तपसिल बमोजिम प्राथमिकता दिइनेछ ः–
ड्ड चौरीखोला – टारपुडी –थापागाउँ– डोरखानी – थरभन्ज्याङ् – पुन्चेत –टोकरपुर – ओख्रेनी– दहपातल – देउराली – सिनेडाँडाँ – नागी –दुदिले भन्ज्याङ । साथै यस सडकको विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० तयार भई सकेकाले आगामी वर्षहरुमा संघ र प्रदेशसँग समन्वय गरी कालोपत्रे गरिनेछ ।
ड्ड गाल्पा – दोरम्बा – खोलाखर्क र दोरम्वा – टोकरपुर – पासेवन – गौँश्वारा सडकलाई विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० तयार गर्न वजेट विनियोजन गरिनेछ ।
ड्ड गाल्पा – रजमन्टार – गुँरासे – लखनपुर – चौरीखोला सडकलाई प्रदेशबाट विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० गर्नका लागि बजेट विनियोजन भईसकेको छ ।
ड्ड गाउँपालिका केन्द्र देखि जिल्ला सदरमुकाम जोड्ने टोकरपुर – अल्छेढुङ्गा – सिस्नेरी – आलम्पुर – गाल्पा –मन्थली बजेट विनियोजन गरिनेछ ।
ड्ड ढुङ्गे – गौश्वरा – पासेवन – साल्मे – टोकरपुर – बोदल हुँदै दोरम्बासम्मको सडक स्तरोन्नतीका लागि बजेट विनियोजन गरिनेछ ।
ड्ड कोइलीबगर – मगरदर्गा – छ्यार्पा – खारपानी – पासेवन – वडा कार्यालया भवन सडकलाई विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० तयार गर्न आगामी वर्ष प्राथमिकता दिइनेछ ।
ड्ड चौरीखोला – फलामे साघुँपुल – पाङ्चेत – रिष्ठे –ढाँडे – जागु सडकस्तरोन्नतीका लागि बजेट विनियोजन गरिनेछ ।
ड्ड देवीटार – कुखुरेआहाल – दोरम्बा – टोकरपुर – कोइलीबगर सडकलाईविस्तृत परियोजना प्रतिवेदन ९म्एच्० तयार गर्न आगामी वर्ष प्राथमिकता दिईनेछ ।
ड्ड सिन्धुली – खैरेनीघाट – डहु– गुन्सी – लखनपुर – पुजाथान– पाङ्चेत– कोइलीबगर – २१ किलो सिन्धुपाल्चोकसम्म को सडकलाई विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० र कालोपत्रेका लागि संघ र प्रदेशलाई अनुरोध गरिनेछ ।
२) हाल सञ्चालनमा रहेका सडकहरुमा पुल, कलभर्ट तथा नाला काट्ने व्यवस्था गरिने छ । साथै सडक विस्तार नभएको गाउँ बस्तीमा सडकको पहुँच पु¥याउन यसै आर्थिक वर्ष भित्र केहि नयाँ ट्रयाक खोलिने छ ।
३) गाउँपालिका क्षेत्र भित्रका गुन्साल खोला, पुन्चेत खोला, ब्रह्मा विष्णु खोला, घट्टे खोला सिम्ले, घट्टेखोला अल्छेढुङ्गा, ढोईगाउँ खोला, साल्मे खोला, सिगार्चे खोला, धोवी खोला सिस्नेरी, सल्लेटार खोलामा मोटरेबल पुल तथा टोकरपुर खोल्सा, ताम्चेत खोला, सिगार्चे खोल्सा, भस्मे खोलामा कजवे र खोलाघारी पासेवन,घट्टेखोला राउटेखोला, व्रम्हाविष्णु खोला घोएमडाँड झो.पु. निर्माणको लागि आवश्यक पहल गर्नेछ । चौरी खोलामा निर्माणाधिन पक्की पुलको गुणस्तर कायम तथा तीव्र कार्य सम्पन्नको लागि आवश्यक निर्देशन गरिनेछ । साथै चौरी खोला फलामे साघुँ मोटरेबल पुल रङ्रोगन तथा मर्मत संभारको लागि आवश्यम रकमको व्यवस्था गरिनेछ ।
ख) सूचना र सञ्चार ः
पछिल्लो समयमा सूचना प्रविधिको महत्व र आवश्यकता दिन प्रतिदिन बढ्दै गईरहेकोे हुँदा गाउँपालिकाकोसबै वडाको केन्द्रमा इन्टरनेट स्थापना गरी सञ्चालन गर्न इन्टरनेट प्रदायक कम्पनीसँग समन्वय गरी इन्टरनेट जोड्ने कार्य द्रुत गतिमा कार्य भइरहेको जानकारी गर्दछु । निकट भविष्यमा सबै वडाहरुमा इन्टरनेट सञ्चालन हुनेछ ।वडा कार्यालयबाट सम्पादन हुने व्यक्तिगत घटना दर्तालगायतका इन्टरनेटमा आधारित गराई गाउँपालिका केन्द्र र वडाको बिचमा सञ्चार सञ्जालको व्यवस्थामिलाइ प्रविधिमैत्री गाउँपालिकाको रुपमा विकास गरिनेछ ।
ग) भवन तथा पुर्ननिर्माण ः
१) संविधानले स्थानीय तहको व्यवस्था गरे अनुसार यस गाउँपालिकाको यथेस्ट पूर्वाधार नरहेको हँुदा यस गाउँपालिकाले आफ्नै गाउँपालिकाको भवन निर्माण गर्न यसै गाउँपालिकाको वडा नं. ३ कानागरिकहरुसँग समन्वय गरी गाउँपालिकाको नाममा जग्गा दाताबाट जग्गा प्राप्त गरिएको छ । अझै थप जग्गा प्राप्त हुने कार्य जारी रहेको कुरा सभा समक्षजानकारी गर्दछु । यसरी गाउँपालिकाको नाममा जग्गा दान दिने दाताहरुलाई यसै सभा मार्फत अविभादन तथा धन्यवाद र सलाम गर्न चाहन्छु । निकट भविष्यमा जग्गा दाताहरुबाट गाउँपालिकालाई आवश्यक जग्गा प्राप्ती पश्चात जग्गा दान दिने दान वीरहरुलाई समय मिलाई विशेष सम्मान गरिने कुरा यसै सभाबाट जानकारी गर्न चाहन्छु ।
२) गाउँपालिकाको भवन बनाउनका लागि तत्काल डी.पी.आर. तयार गरी आ.व.०७५÷०७६ भित्र गाउँपालिकाको भवन निर्माण गरिने छ । गाउँपालिकाको भवन निर्माण नभए सम्मको लागि प्रिफ्याव ९उचभाभद० वोर्डको गाउँपालिका भवन निर्माण गरी गाउँपालिका कार्यालय सञ्चालन गरिने छ ।
३) २०७२ साल बैशाखमा गएको विनाशकारी भुकम्पबाट विनाश भएका घरहरुको पुनःनिर्माणको कार्य भईरहेको सन्दर्भमा यस गाउँपालिका क्षेत्र भित्र हाल सम्म विभिन्न वडाका ३७९६(तीन हजार सात सय छयानब्बे) लाभग्राही घरपरिवारले पहिलो किस्ता, ३०४० (तीन हजार चालिस)ले दोस्रो किस्ता र १०७३ (एक हजार त्रिहत्तर) ले तेस्रो किस्ता पुर्ननिर्माण अनुदान प्राप्त गरेको, करिब १३०० (एक हजार तीन सय) घरपरिवारले लाभग्राहीमा सुचीकृत हुन गुनासो फारम भरेको तर सोको ३०० (तीन सय) लाभग्राहीको मात्र सम्बोधन भर्ई अन्यको हाल सम्म नतिजा प्राप्त नभएको, पुनःसर्वेक्षणको नतिजा प्राप्त नभएको,लाभग्राही सम्झौता हुनु भन्दा पहिला बनेका करिब ५२ घर परिवारले हाल सम्म दोस्रो किस्ता पाउन नसकिएको समेत कारणले पुनःनिर्माणले गति लिन नसकोको हुँदा सोको निराकरणको लागि प्रदेश तथा केन्द्र सरकारसँग आवश्यक पहल गरिनेछ ।
४) हाल सम्म अव्यवस्थित बसोबास गरिइरहेकावडा नं. १ को खोलाखर्क, कुखुरे आहाल, वडा नं. २ को दोरम्बा बजार र वडा नं. ५, ६ को गुराँसे क्षेत्रलाईव्यवस्थित बनाउँन आगामी आ.व. मा एकिकृत ग्रामीणबस्तीको स्पष्ट खाका तयार गरिने छ । हाल निर्माणधिन आवासहरुलाई भने मापदण्डमा आधारित गराई निर्माण गर्न प्रेरित गरिने छ । वडा नं. ५ मा नमुना वस्ती वसोवास कार्य थालनी भइसकेको छ । सार्वजनिक स्थलका मापदण्ड विपरीत निर्मित घर टहराहरुलाई गाउँपालिकाले नियम बनाई मापदण्ड भित्र ल्याइने छ ।आगामी आ.व. २०७५÷०७६ देखि घर टहरा निर्माण गर्दा नक्सा पासको व्यवस्था मिलाएर मात्र घर टहरा निर्माण गर्ने व्यवस्था मिलाई निर्माण गर्न प्रोत्साहन गरिने छ ।साथै दोरम्बा गाउँपालिका भित्र रहेका सम्पूर्ण घरहरु दर्ता गर्ने र दर्ता भएका घर धनीहरुलाई घर नम्बर प्लेट प्रदान गर्ने व्यवस्था मिलाईनेछ ।
घ) विद्युत ः
केन्द्र सरकारले सञ्चालन गरेको “उज्यालो नेपाल” अन्तर्गत गाउँपालिकाले पनि “उज्यालो दोरम्बा अभियान” सञ्चालन गर्दै दोरम्बा गाउँपालिकाको विद्युतीकरण हुन बाँकी रहेको वडा नं. ५ अन्तर्गत पुन्चेत, रजमन्टार लगायतको स्थानमाविद्युतीकरण कार्यक्रममा सुस्त गतिमा हुन पुगेकोमा उक्त कार्यक्रमलाई तुरुन्त कार्य सम्पन्न गराउन गाउँपालिकाले निर्देशन गरिनेछ । यसै गरी वडा नं. १ अन्तर्गत साविकको वडा नं. ८ र ९ मा सम्बन्धित पक्षलाई तत्काल विद्युत विस्तार कार्य सुचारु गरी कार्य सम्पन्न गर्न निर्देशन गरिनेछ । यसै गरी गाउँपालिकाका विद्युतीकरण हुन बाँकी सबै वडाहरुमा विद्युत प्रणाली विस्तार गरीपुरै गाउँपालिकालाई अँध्यारो मुक्त क्षेत्र गराइने छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको सानो शैलुङ, ठूलो शैलुङ, गुँरासे र अग्लेश्वरीमा विधुत विस्तार गर्न सम्वन्धित निकायमा यसै वर्ष पहल गरिनेछ ।
घ) सिञ्चाई ः
यस गाउँपालिकाका कृषकहरुले प्रयोग गरिरहेका पाइप सिंचाइ र कुलो सिंचाइको स्तर उन्नति गरिने छ ।गाउँपालिका भित्र सिंचाइ हुन बाँकी उर्वर खेती योग्य जमीनको पहिचान र अध्ययन गरी त्यस्ता ठाउँहरुमा सिंचाइको व्यवस्था गरी कृषि उत्पादनमा वृद्धि गराई यस गाउँपालिकालाई खाद्यन्नमा आत्मनिर्भर बनाईने छ । आगामी आ.व.मा थापागाउँ मगर खोला हुँदै पाङ्चेत गाउँ सिंचाइ, लेदेखोला–जागु–ढाडे– सिस्ने सिँचाई योजना, घट्टेखोला– रजमन्टार सिँचाई मर्मत कार्यक्रम, खैरेखोला– गुठी सिँचाई मर्मत, वुलवुले गुन्साल सिँचाई मर्मत, तिनधारा – घुमाउनेखोला – नाङधली वृहत सिँचाई योजना, ढोइगाँउटार सिञ्चाइ, पुन्चेत दोभान खोला सिञ्चाइ योजनाको लागत इस्टिमेट तयार गरी प्रदेश तथा केन्द्र सरकारमा पेश गरिनेछ ।
२) आर्थिक क्षेत्र विकास नीति ः
क) कृषि तथा पशुपालन ः
यस गाउँपालिकाका जनताको मुख्य पेसा कृषि नै हो । कृषि उत्पादन मध्ये मुलत यस गाउँपालिका फलफूल खेती, आलु खेती, तरकारी खेती र पशुपालनको प्रचुर सम्भावना भएको क्षेत्र हो । यसैकारण यहाँको कृषि तथा पशुपालन क्षेत्रलाई बढवा दिने गरी निम्नलिखित व्यवस्था गरिएको छ ।
१) कृषि उत्पादन वृद्धि गर्नका लागि अगुवा किसानहरु छनौट गरी विभिन्न किसान समूह गठन गरी कृषक समूहलाई विभिन्न तालिमको व्यवस्था मिलाइने छ ।
२) कृषिलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न विभिन्न कृषि समूह, कृषि सहकारी र फर्महरुलाई आधुनिक कृषि औजार खरिदमा ३०% अनुदान दिने व्यवस्था मिलाईने छ ।
३) मौरी पालन कृषकहरुका लागि मौरीको घार खरिदमा २५ प्रतिशत अनुदान दिने व्यवस्था मिलाईने छ ।
४) कृषकहरुका लागि पशु बिमा तथा बाली बिमाको व्यवस्था मिलाईने छ ।
५) अलैची, चिया, कफी, जुनार, सुन्तला, कागती, किवी र जडिबुट्टीको पकेट क्षेत्र निर्धारण गरी कृषक समूह, कृषि सहकारी र प्राईभेट फर्महरुलाई कृषि प्रविधि सम्बन्धी ज्ञान र सीपको तालिम र अनुदानको व्यवस्था गरिने छ ।
६) अलैची, चिया, कफी, जुनार, सुन्तला, कागती, किवी लगायत अन्य फलफुल तथा जडिबुट्टीको बिरुवा खरिदमा ५०% अनुदानको व्यवस्था मिलाईने छ ।
७) बेरोजगार जनशक्तिलाई कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गरिने छ । कृषि उद्यमशीलतामा लाग्न चाहनेलाई प्रोत्साहित गर्न गाउँपालिकाले गोठ र खोर निर्माणमा ३० प्रतिशत अनुदान दिईने व्यवस्था मिलाईनेछ ।
८) यस गाउँपालिका भित्र कृषि उत्पादनलाई वृद्धि गर्न जमिनको माटो जाँच गर्ने व्यवस्था मिलाईनेछ ।
९) यस गाउँपालिका भित्रको वडा नं. १, २, ३ र ४ लाई आलु पकेट क्षेत्र घोषणा गर्न आवश्यक सहयोगका लागि संघ र प्रदेशमा पहल गरिनेछ ।
१०) आलु, तथा किवीबाट बनाउन सकिने विभिन्न परिकारको लागि आवश्यक सामाग्रीका लागि प्रदेश सरकारमा माग गर्न पहल गर्ने ।
११) रष्टिक स्टोर निर्माणमा फर्म, कृषक समूह, कृषि सहकारीलाई २५ प्रतिशत अनुदानको व्यवस्था गरिनेछ साथै पकेट क्षेत्रको चिस्यान केन्द्र निर्माणका लागि संघ र प्रदेशमा यहि आ.व.मा पहल गरिनेछ ।
१२) भैंसी, गाई, बाख्रा, भेडा, चौंरी लगायतका पशुपालन प्रवर्धन, विकास तथा विधिकरण (मासु, दुध, दुधजन्य उत्पादन, प्रशोधन) गरिनेछ ।
ख) भूमि सुधार ः
१) यस गाउँपालिका भित्र रैकर हुन बाँकी रहेका गुठी जग्गालाई रैकरमा परिणत गर्न पहल गरिनेछ ।
२) तत्कालिन जग्गा नापीको समयमा भएका कमीकमजोरीका कारणले कैयौँ नागरिकहरुको जग्गाको किसिम, क्षेत्रफल, साँध सिमाना, जग्गा धनी तथा मोहीको स्वामित्व आदिमा वास्तविकता भन्दा फरक रहे भएकोले सोको निराकरणको लागि मालपोत तथा नापी कार्यालयलाई जग्गा हाल साविक गर्नका लागि आवश्यक व्यवस्था मिलाउन पहल गरिनेछ ।
३) गाउँपालिका भित्र रहेका खेती योग्य सार्वजनिक जमिनलाई व्यक्ति, कृषक समूह, कम्पनी तथा फर्महरुलाई आवश्यक नियम बनाई भाडामा दिई रोजगारी, आयआर्जन तथा पर्यावरण विकासमा थप टेवा पु¥याइनेछ ।
४) यस गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा सडक मार्गले छोएका जग्गा जमीनहरुको किनबेच बढी मूल्यमा हुने तर रजिष्ट्रेशन पासको मूल्य कम हुँदा राजस्व चुहावट भएको हुनालेजग्गाको लिखत पारित हालको मूल्यमा ५०% वृद्धि हुने गरी कायम गर्न जिल्लामा लेखी पठाईनेछ ।
५) भूमी व्यवस्थापन सम्बन्धि निति तयार गरि कार्यान्वयन गरिनेछ ।

ग) पर्यटन ः
यस गाउँपालिका पर्यटकीय हिसाबले अपार संभावना बोकेको गाउँपालिका हो । जस अन्तगर्त ठूलो शैलुङ सानो शैलुङ, , गुँरासे, झिलिङ्गे भिर, अग्लेश्वरी महादेव, छायाश्वरी महादेव, मकरखोला जागु, धनेश्वरी कामधेनु, ब्रह्मा विष्णु महादेव मन्दिर, कण्ठेश्वर महादेव, निगुरे भिमसेन थान, हलेश्वर महादेव, गोेल्माथान, किसीन्डे गुफा जस्ता धार्मिक र मनोरम स्थलहरु यो गाउँपालिकामा रहेका छन् । हाल सम्म यो क्षेत्रलाईवैज्ञानिक ढंगले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नसक्दा यो ठाउँ ओझेलमा परिरहेको छ । तसर्थ यस गाउँपालिकाको पहिलो दायित्व यस क्षेत्रलाई पूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका निम्ति पूर्वाधार विकासमा जोड दिइने छ । पैदल यात्री पर्यटकहरुको लागि पद मार्गहरु निर्माण गरिने छ । पर्यटन विकासको लागि विभिन्न स्थानमा केबुलकार सञ्चालनमा ल्याउन पहल गरिनेछ । पर्यटन विकासका लागि विभिन्न संघ संस्था कम्पनीहरुलाई प्पाराग्लाईडिङ्ग, बन्जिजम्प्, रक क्लाइम्विङ्ग, हर्ष राइडिङ्ग तथा होटल र रिर्सोट सञ्चालन गर्न अनुमति दिइने व्यवस्था मिलाइनेछ । पर्यटकहरुको आगमन वृद्धिको लागि गाउँपालिका भित्र भएका होम स्टेहरु पर्याप्त नरहेको हुँदा सबै वडामा थप होम स्टे सञ्चालनको लागि मापदण्ड बनाई सञ्चालन गर्न व्यवस्था मिलाईनेछ । शैलुङ्ग क्षेत्र पर्यटन प्रवर्दन विकास समिति गठन गरि पर्यटन गुरु योजना तयार गरि कार्यान्वयन गरिने व्यवस्था मिलाइनेछ । आ.व. २०७५÷०७६ मा पर्यटन क्षेत्र विकासको लागि दोरम्बा शैलुङ्ग महोत्सव गर्ने व्यवस्था मिलाईनेछ ।
सभाका सदस्यहरु,
३) सामाजिक विकास नीति
क) शिक्षा ः
गत वर्षको तुलनामा यस वर्ष गाउँपालिका भित्र रहेका विद्यालयहरुमा एस.ई.ई. परिक्षामा केही सुधार आएको र आगामी वर्षमा थप सुधारकालागि शैक्षिक सुधार कार्यक्रम निर्माण गरिनेछ । बिग स्कुलको अवधारणा अन्तर्गत गाउँपालिका भित्र केही साना विद्यालयहरु मर्ज गरेका छौ । गाउँपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिको लागि निम्नलिखित व्यवस्था गरिने छ ।
१) सबै तहको विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य सञ्चालन गर्ने व्यवस्था मिलाईने छ ।
२) यस गाउँपालिका भित्र रहेका मा.वि. तहका विद्यालयहरुमा ऋ।ऋ। क्यामरारविशेष अध्ययन अध्यापनका लागि आवश्यक पर्ने प्रोजेक्टरको व्यवस्था मिलाईनेछ ।
३) यस गाउँपालिका भित्र रहेका उच्च मा.वि. हरुमा विज्ञान प्रयोगशाला ९कअष्भलअभ बिद० र शिक्षकहरुको हाजिरको लागि विद्युतीय हाजिर मेसिन जडान गर्न व्यवस्था मिलाईनेछ ।
४) यस गाउँपालिका भित्र कृषि तथा भेटनरी सम्बन्धी आवश्यक तयारी गरी प्राविधिक शिक्षा सञ्चालन गर्न आगामी वर्षबाट सोको व्यवस्था मिलाईनेछ ।
५) यस गाउँपालिकामा आवश्यक प्राविधिक जनशक्ति (अनमी, सी.एम.ए., जे.टी.ए., भेटनरी, ओभरसियर, इन्जिनियर, डाक्टर) उत्पादन गर्ने उद्देश्यले प्राविधिक विषयमा अध्ययन गर्नेविद्यार्थीलाई प्रत्येक वर्ष विपन्न तथा जेहेन्दार छात्र–१, छात्रा–१ लाई छात्रावृत्तिमा अध्ययनको व्यवस्था मिलाईने छ ।
६) दलित, अल्पसंख्यक, विपन्न, जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिने छ ।
७) शैक्षिक सुधारका प्रमुख दायित्व शिक्षक तथा अभिभावकको हुने भएकाले उत्कृष्ट कार्य गर्ने शिक्षकलाई सम्मान तथा पुरस्कारको व्यवस्था मिलाइनेछ भने नीति तथा नियम विपरित कार्य गर्ने शिक्षकहरुलाई कानून बमोजिम कारवाही गरिनेछ ।
८) यस गाउँपलिका भित्रका विद्यालयहरुमा आवश्यक विषयगत शिक्षक दरवन्दी परिपूर्ति गर्न आवश्यक पहल गरिनेछ ।
९) विद्यालयको विद्यार्थी संख्याका आधारमा दरवन्दी मिलान गरिनेछ ।
१०) विद्यार्थी नियमित उपस्थितिका लागि ठोस नीति निमार्ण गरिनेछ ।
११) शैक्षिक सुधारका लागि ठोस नीति बनाई शिक्षकहरुलाई तालिमको व्यवस्था तथा शिक्षक, विद्यार्थी र अविभावकवीच समन्वय गरी अन्र्तक्रियात्मक कार्यक्रम संचालन गरिनेछ ।
१२) वालवालिकाहरुका लागि शैक्षिकस्तर वृद्वि तथा विद्यार्थी नियमित उपस्थितिकालागि अविभावक चेतना अभिबृद्वि तालिमको व्यवस्था मिलाईनेछ ।
१३) यस गाउँपालिका भित्र रहेका चार वर्ष भन्दा माथिका वालवालिकाहरुलाई अनिवार्य विद्यालय जाने वातावरण तयार पारिनेछ र विद्यालय नपठाउने अविभावकहरुलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधामा कटौती गरिनेछ । साथै विद्यालय वाहिर रहेका वालवालिकाहरुलाई पहिचान गरी विद्यालय भर्नाको लागि व्यवस्था गरिनेछ ।
ख) स्वास्थ्य ः
स्वास्थ्य क्षेत्रलाई नागरिकको मौलिक अधिकारको रुपमा स्थापित गरिने छ । गाउँपालिका भित्र १५ सैया को एक अस्पतालको निर्माण गरिने छ । हाल सञ्चालनमा रहेका स्वास्थ्य चौकीहरुलाई स्तर उन्नति गरिने छ साथै प्रत्येक वडामा प्रसूति सेवा सञ्चालनको व्यवस्था गरिने छ । सुनौला हजार दिनका बच्चा तथा परिवारहरुलाई लक्षित गरि मातृशिशु कार्यक्रम, हरेक बार खाना चार, लगायतका विशेष कार्यक्रम तर्जूमा गरि सञ्चालन गरिने छ । गरिब, विपन्न, वृद्ध र बालबालिकाको निम्ति विशेष स्वास्थ्य उपचार शिविर सञ्चालन गरि स्वास्थ्य सेवामा जनताको पहुँच पु¥याइनेछ ।
ग) खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन ः
स्वच्छ पिउने पानीको उपयोगले मानव जीवन स्वास्थ रहन महत्वपूर्ण भूमिका खेल्दछ । यस कारण यस गाउँपालिकाले पानीको मुहान पहिचान र संरगरी आगामी दुई वर्ष भित्र प्रत्येक टोल टोलमा रएक घर एक धारा निति लागु गरि स्वच्छ पिउने पानीको व्यर्वनेछ । २०७२ सालको भूकम्पले मुहान सुकी खानेपानी समस्या भएको क्षेत्रमा खाागि प्रदेश तथा संघमा पहल गरिनेछ देहायका खानेपानी योजनाहरुको लागत इस्टिमेट तयार पारी प्रदेश र केन्द्र सरकारमा पेश गरिनेछ ।
अ) शैलुङ् पर्यटन राख्दै भित्रि खोला ठूलो शैलुङ् खानेपानी योजना ।
आ) ब्रम्ह्मा विष्णु पञ्चकन्या एक्सल तीन धारे पाङ्चेत खानेपानी योजना ।
इ) २०७२ सालको महाभूकम्पले विभिन्न ठाउँको खानेपानीको मुहान सुकेकोले लिफ्ट मार्फत खा.पा परिपूर्ती गर्नको लागि ६ नं. वडामा काम सञ्चालन भईरहेको र दोरम्बा ५ गुराँसे क्षेत्रलाई समेत समेटेर कार्यक्रम सञ्चालन गरिनेछ ।
ई) चौंरीखोला मुहान सम्पवयल लखनपुर साविक ६, ७, ८ र ९ बृहत लिफ्ट खा.पा. योजनाका लागि प्रदेशमा पहल गरिनेछ ।
उ) यस गाउँपालिका भित्रको सार्वजनिक स्थलहरु कुखुरेआहाल, दोरम्बा बजार, टोकरपुर बजार, रिष्ठे बजार, पासेवनमा सार्वजनिक शौचालय निमार्ण गरि व्यवस्थापन गरिनेछ ।
ऊ) गाउँपालीका अन्तरगत सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार क्षेत्रमा समेत फोहोर व्यवस्थापन कार्यलाई प्रभावकारी बनाइनेछ ।
ए) सन् २०३० सम्म पूर्णसरसफाईयुक्त देश घोषणा गर्ने नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई पुरा गर्न यस गाउँपालिका भित्र विभिन्न कार्यक्रमहरु तयार गरि सञ्चालन गरिनेछ ।
घ) युवा तथा खेलकुद ः
यस गाउँपालिकाको सबै वडामा एक खेल मैदान निर्माण सम्पन्न भएको छ । आगामी आ.व. २०७५÷०७६ मा उक्त खेल मैदानहरु स्तर उन्नति गरिनेछ । आगामी तीन वर्षभित्र गाउँपालिका अन्तर्गत प्रत्येक वडामा आवश्यकता अनुसार कभर्ड हल निर्माण गरिनेछ । यस गाउँपालिका भित्र आगामी ४ वर्षमा एक रंगशाला निर्माण गरिने लक्ष्य लिइएको छ । गा.पा स्तरको खेलकुद प्रतीयोगीता आयोजना गरिनेछ साथै उपाध्यक्ष खेलकुद कप प्रतियोगीता सञ्चालन गरि खेलकुद क्षेत्रमा महिला सहभागीता बृद्वि गरिनेछ ।
सभाका सदस्यहरु,
५) वातावरण तथा विपद् व्यवस्थापन विषयगत क्षेत्र
क) वन तथा वातावरण ः
१. समुदायमा आधारित वन व्यवस्थापन पद्धति (सामुदायिक वन, कवुलियत वन आदि) लाई थप प्रवद्र्धन गरिनेछ । सामुदायिक र कबुलियती वनको वन पैदावरलाई जनताको आम्दानीको स्रोतमा परिणत गरी आर्थिक र सामाजिक वृद्धिमा टेवा पु¥याउन पहल गरिनेछ ।
२. समृद्धिका लागि वन अभियानसँग सँगै शैलुङ क्षेत्रको वन, वनस्पति, जडिबुटी आदिको विषेश योजना (शैलुड क्षेत्र वचाउअभियान) तयार गरी सो क्षेत्रको व्यवस्थापन तथा कार्यन्वयन गर्दै लगिनेछ ।
३. जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकूलन सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ ।
४. पानीको स्रोत संरक्षण, जैविक विविधता संरक्षण सम्बन्धि विविध कार्यक्रमहरु संचालन गरिनेछ ।
५. बहुउदेश्यीय नर्सरी स्थापना गरी वन, कृषि, नगदेवाली तथा फलफूलप्रजातिका विरुवा रोपण गरी हरियाली वृद्धि तथा स्वच्छ वातावरण प्रवद्र्धन गरिनेछ ।
६. स्वच्छ, हराभरा र प्रदुषणमुक्त दोरम्बा गाउँपालिका अभियान संचालन गरिनेछ ।
७. बैकल्पिक उर्जा (सौर्य प्रणाली, सुधारिएको चुल्हो आदि) प्रवद्र्धन गरिनेछ ।
८. वातावरण तथा समुत्थानशीलमैत्री गाउँपालिका घोषणा अभियान संचालन गरिनेछ ।
ख) विपद् व्यवस्थापन
९.गाउँपालिकामा एक विपद् व्यवस्थापन कोष स्थापना गरिनेछ । सो कोषमा गाउँपालिकाका अलवा, प्रदेश तथा संघीय सरकार, विभिन्न दाता निकाय तथा व्यक्तिबाट प्राप्त रकम जम्मा गरिनेछ भने कार्यपालिकाबाट निश्चित मापदण्ड तथा कार्यविधी तयार गरी सो कोषको रकम परिचालन गरिनेछ ।
१०. विपद जोखिम न्यूनिकरण तथा व्यस्थापन ऐन २०७४ बमोजिम गठन भएको दोरम्बा गाउँपालिका तथा वडा स्तरीय विपद व्यवस्थापन समितिलाई अनुमोदन गरी आगामी दिनमा सो समितिको क्षमताअभिवृद्धि गर्दै लगिनेछ । साथै दोरम्बा गाउँपालिका तथा वडा स्तरमा तयार भएका विपद् तथा जलवायु उत्थानशिल योजना, विपद पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अनुमोदन गरी कार्यन्वयन गर्दै लगिनेछ
११. भुकम्प प्रभावित समुदायमा निजीआवास निर्माण, सामुदायिक पूर्वाधार संरचनाहरु लगायत पुननिर्माण अभियान कार्यलाई व्यवस्थित तथा थप प्रभावकारी बनाइनेछ ।
१२. यस गाउँपालिका भित्र हुन सक्ने पहिरो तथा भूक्षयलाई रोकथाम गर्न विशेष व्यवस्था मिलाईनेछ ।
१३. गाउँपालिका स्तरीय विपद व्यवस्थापन स्रोतकेन्द्र स्थापना, राहत, खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी मानवीय स्रोत व्यवस्थापन र क्षमता अभिवृद्धि तथा सोसँग सम्बन्धित सामाग्रीहरु ख्रिद, भण्डारण र व्यवस्थापन समेत गरी विपद व्यवस्थापन कार्यलाई थप प्रभापकारी बनाइनेछ ।
१४. गाउँपालिकाभित्र संचालन हुने पूर्वाधार विकास लगायतका विकासे कार्यक्रमहरु वतावरण तथा विपद व्यवस्थापनमैत्री रुपमा संचालन गरिनेछ ।
ङ) लैगिङ्गक समानता तथा सामाजिक समावेशीकरण क्षेत्र ः
१) महिलाहरुको क्षमता अभिबृद्विका लागि महिला सशक्तीकरण सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
२) स्थानीय स्रोत र साधनमा महिलाहरुको पँहुच र नियन्त्रण सम्बन्धि विविध कार्यक्रम सञ्चालन गरि महिलाहरुको अर्थपूर्ण सहभागितामा वृद्वि गरिनेछ ।
३) महिलाहरुको माग र आवश्यकतालाई पहिचान गरि कार्यक्रम निर्माण गरि कार्यान्वयन गरिनेछ ।
४) महिलाहरुको आर्थिक बृद्विलागि आयआर्जन सम्बन्धि सिपमूलक तथा व्यवसायमूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
५) महिला तथा बालबालिका सम्बन्धि विभिन्न दिवसीय कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
६) लैगिङ्गक हिसां न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
७) महिला समुह तथा सहकारीहरुको नेतृत्व तथा क्षमता र संस्थागत विकासमा जोड दिइने छ ।
८) बालविवाह तथा बालश्रम विरुद्धका अभियानहरु सञ्चालन गरिनेछ ।
९) यस गाउँपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन गरिसकेको हुनाले बालमैत्री गाउँपालिका घोषणाका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१०) यस गाउँपालिकामा बसोबास गर्ने ८० वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुको घरैमा गई स्वास्थ्य सेवा उपलब्ध गराउने र सहयोगी सामाग्रीको रुपमा एउटा टर्च लाइट र एउटा लठ्ठी लगायतका आवश्यकीय सामाग्री उपलब्ध गराउने व्यवस्था मिलाईनेछ साथै ६० वर्ष माथीका जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण अभियान सञ्चालन गरिनेछ ।
११) अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरि सिपमूलक कार्यक्रम सञ्चालन तथा अपाङ्गता सहयोगी सामाग्रीहरु वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
१२) दलितहरुका लागि सिपमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
१३. आफ्नो पेशा सञ्चालन गर्दै आएका दलितहरुको पहिचान गरि उनिहरुले सञ्चालन गर्दै आएका परम्परागत मेसिन तथा औजारको सट्टा आधुनिक मेसिन तथा औजार खरिद गरि वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
१४. जनजाती सशक्तीकरण कार्यक्रम सञ्चालन साथै अल्पसंख्यक जाति (थामी र पहरी) उथ्थानका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
६) विविध अन्तर्गत ः
१) यस गाउँपालिका भित्र कार्यक्रम सञ्चालन गरिरहेका र कार्यक्रम सञ्चालन गर्न इच्छुक गैरसरकारी संघ संस्थाहरुले दर्ता अनुमति लिई कार्यक्रम सञ्चालन गर्न सक्नेछ । गैरसरकारी संघ संस्थाहरुको बजेट देखिने तर परिणाम नदेखिने यथार्थलाई मध्यनजर गर्दै संघ संस्थाको ठोस बजेट र ठोस कार्यक्रमहरु नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेगरीसञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।
२) यस गाउँपालिकामा रहेको बेरोजगारीको समस्यालाई अन्त्य गर्नका निम्ति घरेलु उद्योग तथा साना ठुला अन्य उद्योगहरु सञ्चालनको शुरुवात गरिनेछ ।
३) यस गाउँपालिकाभित्र चुन ढुङ्गा, स्लेट ढुङ्गा, खरी ढुङ्गा, गन्धक, तामा खानी आदि पहिचान भएका खानीहरु हुन । अरु थुप्रै पहिचान नभएका खनिज पदार्थको पहिचान गर्न खोज अध्ययन अनुसन्धान गरिनेछ । साथै पहिचान भएका खानीलाई खानी उद्योगको रुपमा सञ्चालनमा ल्याउन स्वदेशी तथा विदेशी कम्पनीलाई ल्याउन पहल गरिने छ ।
४) यस गाउँपालिका भित्र बसोबास गरेका सम्पूर्ण जातजातीको भाषा, लिपी, धर्म, संस्कृतिको सरंसंम्बर्धन र विकासको निम्ति एक साझा संग्राहालय निर्माण प्रक्रियलाई अगाडी बढाईनेछ ।
५) यस गाउँपालिकाको आन्तरिक स्रोतको वृद्धि गर्नका लागि स्रोतहरुको पहिचान गरी करको दायरामा ल्याउन पहल गरिनेछ । जम्मा भएको कर यस गाउँपालिकाका
६)े आन्तरिक स्रोतको आम्दानीमा बाँधी गाउँपालिका बासीहरुको सामाजिक र आर्थिक वृद्धि विकासको लागि खर्च गरिनेछ ।
७) नागरिकमा वित्तिय क्षेत्रको पँहुच पु¥याउन बैंक तथा सहकारी संस्थालाई प्राथामिकतामा राखी सञ्चालन गर्न जोड दिइनेछ ।
८) यस गाउँपालिका भित्रका प्रत्येक घरहरु आ.व. २०७५÷०७६ पालिकामा दर्ता गरि घर नं. वितरण अभियान सञ्चालन गरिनेछ ।
९) यस गाउँपालिका भित्रको सार्वजनिक क्षेत्र दोरम्बा, खोलाखर्क, कुखुरेआहाल देउराली र गुँरासे लगायतका स्थानहरुमा बजार व्यवस्थापन गुरु योजना निमार्ण गरि कार्यान्वयन गरिनेछ ।
१०) यस गाँउपालिकाको ४ नं. वडा गौश्वारा मदिरा निषेधीत क्षेत्रको रुपमा घोषणा भैसकेको छ यस कार्यलाइ निरन्तरता दिई अन्य वडा तथा पालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने अभियान सञ्लान गरिने छ ।
११) यस गाउँपालिका क्षेत्र भित्र आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार संरचना निमार्ण, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत क्षमता विकास तथा सेवा प्रवाह, वित्तिय व्यवस्थापन तथा सुशासन विषयगत क्षेत्रहरुमा विभिन्न कार्यक्रम सञ्चालन गरि “सक्षम, सभ्य र समृद्ध दोरम्बा गाउँपालिका” निमार्ण गर्नका लागि प्रदेश तथा संघिय सरकार, सम्बन्धित सरकारी कार्यालय, गैरसरकारी संघसंस्था, परियोजना, दाता निकायहरुसँग सहकार्य गर्ने निति अख्तियार गरिनेछ ।
अन्त्यमा ःयस गाउँपालिकाको आ.व. २०७५÷०७६ को गाउँ सभामा उपस्थित प्रमुख अतिथि, अतिथि, गाउँकार्यपालिका सदस्य, गाउँपालिकाका सदस्यहरु, सुभचिन्तक, पत्राकार र कर्मचारीबाट सकारात्मक सुझाव र सल्लाह दिई गाउँसभा सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
धन्यवाद !!!

…………………..
कमान सिं तामाङ (मोक्तान)
अध्यक्ष
दोरम्बा गाउँपालिका

प्रतिक्रिया दिनुहोस्