सुनापती गाउँपालिकाको बजेट ३३ करोड



३१ असार, रामेछाप ।
सुनापती गाउँपालिकाले यस आर्थिक बर्ष २०७५/०६७ को लागि करिब ३३ करोड रुपैयाँको बजेट ल्याउने भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक हुँदैछ । आज हुने तेस्रो गाउँसभाले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने भएको हो ।

तेस्रो गाउँसभाको उदघाटन पूर्व गृह राज्यमन्त्री एवं रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । गाउँपालिका वडा नम्बर ३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङले ३२ करोड ९७ लाख बराबरको बजेट बैठकले पारित गरेको बताए । उनका अनुसार पुँजीगततर्फ ११ करोड ९७ लाख रुपैयाँ छुटयाइएको छ । गत बर्ष सुनापती गाउँपालिकाले करिब २३ करोडको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्