सुनापती गाउँपालिकाको बजेट ३४ करोड, यी हुन बजेटकाे प्राथमिकता



३२ असार, रामेछाप ।
सुनापती गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि ३४ करोडको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको तेस्रो गाउँसभाले समृद्ध सुनापतिको आधार सक्षम समृद्ध स्थानीय सरकार भन्ने नाराको साथ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो ।
गाउँसभामा सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईले ३४ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य , पुर्वाधार निर्माण र रोजगारी सृजना गर्ने सामाजिक सुधारका पक्षलाई बजेटमा प्राथमिकता दिएको छ ।


गाउँपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयम सेवीकाहरुलाई यसै बर्षबाट लागू हुने गरी मासिक ५ सय रुपैया भक्ता दिने निति तथा कार्यक्रममा समावेश गरिएको छ ।
गाउँसभाको उदघाटन गर्दै पूर्व गृह राज्यमन्त्री समेत रहेको रामेछापका प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठले स्थानीयलाई तहलाई समृद्ध बनाउन स्थानीय सरकारले प्रभावकारी काम गर्नुपर्नेमा बताए ।


कार्यक्रममा पूर्व सभासदद्धय तारानारायण श्रेष्ठ, डिल्लीमान तामाङ, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का लगायतको सहभागीता रहेको थियो । सुनापति गाउँपालिका–३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङले गाउँपालिकाले आर्थिक बर्षको लागि ३४ करोड ७२ लाख ६३ हजार विनियोजन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्