कतारमा मात्र पाँच लाख नेपाली, नेपाल–कतारबीच सुरक्षागार्डमा छुट्टै सम्झौता हुँदै



१ साउन, काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मदले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले कतारले नेपालीहरुलाई रोकार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग उहाँले सुरक्षा र अन्य क्षेमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गर्नुभयो ।


राजदुत मोहम्मदले नेपाल र कतार कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गर्नुभएको थियो ।
उहाँले सन् २०२२मा विश्वकप फुटवलको आयोजना गर्न गईरहेको सन्दर्भमा सुरक्षागार्डमा ठुलो संख्यामा नेपालीहरुलाई लैजान कतार ईच्छुक रहेको र त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको बताउनुभयो । कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्