रामेछापको लखनपुरमा फेरि करेन्ट लागेर एक जना गम्भीर घाइते



२ साउन, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाभित्र एक बर्षको अवधिमा चार जनाको करेन्ट लागेर निधन भएको छ । किसान जागरण समुहको चरम लापर्वाहीको कारण नागरिकहरुले ज्यान गुमाउनु हो ।
बुधवार बिहानन दोरम्बा गाउँपालिका वडा नम्बर ६ लखनपुरमा हाईभोल्टेजको कारण ३५ बर्षिय प्रविण तामाङ गम्भीर घाइते भएका छन् । उनको थप उपचारको लागि काठमाडौं लगिएको छ । मेन लाइनको तार चुडिएर सोही पोलमा रहेको शाखा लाइनमा टच हुँदा करेन्ट लागेएको बताइएको छ । हाइभोल्टजको कारण एक जना घाइते भएका छन् ।
हाइभोल्टेज करेन्ट आउदा गत दसैको बेलामा लखनपुरमा नै दुई जनाको ज्यान गएको थियो । त्यसैगरी मोबाइल चार्ज गर्ने क्रममा एक बर्ष अघि दोरम्बा गाउँपालिका ५ मा ढकबहादुर थापाको करेन्ट लागेर निधन भएको थियो । घाइते भएका तामाङलाई थप उपचारको लागि काठमाडौं लगिएको दोरम्बा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अम्बिकाप्रसाद गजुरेलले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्