अब प्रधानमन्त्री कार्यालयमा समाधान केन्द्र स्थापना हुने



३ साउन, काठमाडौं ।
विकास निर्माण सम्बन्धी काममा सरकारी निकायबीच नै समन्वयको अभाव हुँदा काममा अवरोध सृजना हुने क्रम बढदै गएपछि अब सरकाले समाधान केन्द्र स्थापना गरेर नै काम गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समाधान केन्द्र स्थापना गरिने भएको हो ।
मन्त्रीपरिषद्का प्रवक्ता विनादबहादुर कुँवरले विकास निर्माणसम्बन्धी काममा अवरोध आएमा त्यसलाई तत्काल समाधान र अनुगमन गर्नका लागि कार्यालयमा केन्द्र स्थापना गर्न लागिएको बताए ।

मुलुकका ठूला राष्ट्रिय गौरवका आयोजनालाई केन्द्रबाट नै समस्याको समाधान र अनुगमन गरिने उनले बताए । सिधै आयोजनामा आएका समस्यालाई केन्द्रमा जानकारी गराउन सकिनेछ र ती समस्याको तत्काल समाधान गरिने बताउदै उनले भने, प्रत्येक मन्त्रालयमा मन्त्रीले आ–आफ्ना मन्त्रालयका समस्या समाधान गर्नसमेत समाधान संयन्त्र स्थापना गरिनेछ ।’
यसैगरी सम्बन्धित मन्त्रालयका सचिवको अध्यक्षतामा मन्त्रालयगत समस्याको समाधानका लागि पनि संयन्त्र बनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्